धनगढी–धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ११ जनामा कोरोना पुष्टि भएको छ ।प्रयोगशालामा पछिल्लो २४ घण्टामा १२२ नमुना परीक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले दिएको जानकारी अनुसार आज अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको बताएका छन कञ्चनपुर भीमदत्तन गरपालिका ४ की ५७ वर्षीया महिलाका मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए ्।
अस्पतालमा उपचाररत एक संक्रमित निको भई घर फर्किएका छन्। यस्तै हाल अस्पतालमा ९ जना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ३ जनाको आइसियु र १ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
दिनेश खबरबाट साभार











