मिन बहादुर खड्का/बाजुरा–नेपाली कांग्रेस बाजुराका युवा नेता एवम माहाधिवेशन प्रतिनिधि पुर्ण बहादुर सिंहले एक वडाका दुई जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । उनले लोकतन्त्र बिहानी न्युजको अफिसियल युटुव च्यानलबाट प्रशारित पत्रकार संगको बहस कार्यक्रममा उक्त अभिव्यक्ति दिएका हुन । नेता सिंहले पत्रकार संगको बहस कार्यक्रममा अव आसन्न नेपाली कांगे्रसको १४ औँ महाधिबेशन र ७ औँ जिल्ला अधिवेशनमा आफु बाजुरा जिल्लाबाट माहाधिवेशन प्रतितिधिमा उम्मेदवारी दिने पनि बताएका छन् ।
पत्रकारले नेता सिंंहलाई तपाइहरु सहमतिको अधिवेशन गर्ने तयारिमा छौ भन्नुहुन्छ । तर गुट उपगुटको राजनितिमा लागेर अलग अलग छलफल र भेटघाटहरु भइरहेका छन । एउटै पार्टी भित्र पनि किन मनमोटाव गनुहुन्छ । किन एक ठाँउमा उभिएर अगाडी बढ्न सकिराख्नु भएको छैन । गुटघर राजनिति गरेको आरोपमा पार्टीको जिम्मेवार नेतालाई आफ्नै कार्यकर्ताहरुले ग्रिह जिल्लामै किन कालो झण्डा देखाए । साच्चिकै सहमतिको अधिवेशन हुन्छ त भनेर सोधेको प्रश्नको जवाफ दिदै नेता सिंहले जिल्ला अधिबेशनलाई सर्वसम्मत तरीकाले संपन्न गर्ने तयारिमा नेता कार्यकर्ताहरु एकिवद्ध भएर अधिवेशनको तयारीमा लागको बताएका छन । सकेसम्म सहमतिकै आधारमा अधिवेशन संम्पन्न गर्ने तयारी भइरहेको पनि उनले बताए । नेता सिंहले आफु अहिले सम्म कुनै गुट उपगुटमा नलागेको बताउनु भएको छ । यसरी एउटै पार्टी भित्र अलग अलग धारमा बिभाजन हुनुभनेको पार्टीलाई नै कमजोर बनाउनु हो । त्यसकारण नेपाली कांगे्रस जस्तो गौरवशाली इतिहास बोकेको पार्टीको नेता कार्यकर्ता भएर पदको लोभ लालचमा गुट उपगुटमा लाग्नु रामा्े पक्ष नभएको बताएका छन् ।
नेता सिंहले लोकतन्त्रमा बिश्वास गर्ने पार्टी भएकोले प्रतिसपर्धामा उभिएता पनि नेपाली कांगे्रसमा कुनै बिवाद नरहेको बताएका छन् । लोकतान्त्रिक परिपार्टी अनुसार प्रतिसपर्धामा उत्रिनु स्वभाविक रहेको बताउदै केहि दिन यता केन्द्रिय सदस्य बद्रि प्रशाद पाण्डे जुन आफ्नै पार्टी भित्रको जिम्मेवार व्यक्तिको बदनाम गर्ने नियतले गरिएको अभद्र व्यवाहार प्रति आफु असन्तुष्ट रहेको बताएका छन् । जुन क्र्रियाशिल काटिदिएको आरोप लगाएर सम्माननिय नेतालाई कालो झन्डा देखाइयो त्यो यर्थात निन्दनिय कार्य भएको छ । उहाँलाई लगाएको आरोप झुट हो । क्रियाशिल काट्ने वद्रि प्रशाद पाण्डे नभएको अपवाह हल्लाको भरमा बिरोध गरिएको प्रष्ट पार्नु भएको छ ।
नेता सिंहलाई पत्रकारले पछिल्लो समयमा नेताहरुलाई जनताले बिश्वास गर्न छोडिसके तपाईं माहाधिवेशन प्रतिनिधिमा उममेदवारी दिने तपाईको तयारी छ । तपाइले महाधिवेशन प्रतिनिधि भइसकेपछी बाजुराका लागि के गनुभयो । र आगामी दिनको राजनितिमा जनताले साथ दिन्छन त । यदि पुन: माहाधिबेशन प्रतिनिधिमा निर्वाचित हुनुभयो भने के काम गनुहुन्छ भनेर सोधेको प्रश्नको जवाफ दिदै नेता सिंहले आफु लोकतान्त्रिक फोरमबाट महाधिबेशन प्रतिनिधि भएर आएको बताउदै नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउने, बाजुरा जिल्लाको बिकास का लागि र युवा नेताको हैसियतले युवाहरुका मागहरुलाई सम्वोधन गर्ने बिषयमा काहिं कतै नचुकेको बताएका हुन । बाजुरा जिल्लामा कांग्रेस बलियो बनाउने र एउटा अशल, इमान्दार, नेतृत्वका रुपमा स्थापित भई बाजुरा जिल्लाको बिकास, बाजुरेली जनताका घाउँहरुमा मलम पट्टि लगाउन सकु, पदमा नरहेपनि जनताको मनमुटुमा रहिरहन सकुु भन्ने आफ्नो ठुलो संकल्प र उदेश्य रहेको उनको भनाई छ ।
आफु बिद्यार्थाी उमेरबाटै राजनितिमा लागेको बताउदै नेता सिंहले नेपाली कांग्रेसलाई बलियो बनाउने कुरामा मात्र नभएर बाजुरा जिल्लाको बिकासमा आफुले निर्वाह गरेको भुमिका बारेमा जनतालाई स्वयम अवगत नै रहेको बताए । नेपाली कांग्रेसलाई बलियो बनाउने कुरामा मात्र नभएर बाजुरा जिल्लाको बिकासका लागि मैले दिएको योगदानलाई कदर गरेर बाजुरेली जनताले आफुलाई बिश्वास गर्छन भन्ने कुरामा आफु बिश्वस्त रहेको पनि नेता सिंंहले बताए । सकेसम्म सवैले सहमतिको आधारमै महाधिवेशनमा चयन गनुहुन्छ भन्ने मेरो आषा छ । यदि पुन: मलाई महाधिवेशन प्रतिनिधिमा मा निर्वाचित भएछु भने पार्टीलाई बलियो बनाउने र बाजुराको बिकासका लागि अग्रभागमा रहेर खट्ने त चाहाना नै छ । म युवा नेता भएको हैसियतले युवाहरुका लागि मैले केहि गर्नैपर्ने हुन्छ । पहिला मैले एउटा युवाका लागि एउटा काम गर्ने योजना बनाएको छ ु । मैले एउटा वडाका दुई जना युवालाई रोजगारी दिन सक्छु । यो कुरा लेखेर राख्दा पनि हुन्छ । यो कुरामा प्रतिबद्ध छु उनले भने ।
नेता सिंहले आफु कुनै पैशा कमाउने उदेश्य बोकेर स्वार्थका लागि राजतितिमा नआएको दावी गर्नुभएको छ । राजनिति सेवा हो धेरैले यसलाई सुख सहेल र पैसा कमाउने माध्यमका रुपमा सदुपयोग गरेका छन् । म सबै राजनिति दलका नेताहरुलाई के आग्रह गर्न चाहान्छु भने राजनिति गर्नुछ भने निस्वारर्थ भावनाले जनताको सेवामा समर्पित हुनुस, समाज र राष्टको सम्रग्र बिकासलाई ध्यानमा राख्नुस, जनताको जिवन शैलिमा परिवर्तन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा केृन्द्रित रहनुस, अनि मात्र जनताले हामिलाई बिश्वास गर्छन उनले भने । नेता सिंहले आसन्न अधिवेशनमा आफ्नो माहाधिवेशन प्रतिनिधिमा उम्मेदवारी रहने भएकोले नेपाली कांग्रेस निकट नेता कार्यकर्ताहरुलाई सहयोग गर्न पनि अनुरोध गरेका छन् ।
भिडीयो हेनुहाेस भिडीयो अफिसियल युटुव च्यानलमा गएर हेर्न सक्नुहुनेछ ।











