बाजुरा–नेपाली कांग्रेस स्वामिकार्तिक खापर गाउँपालिकाको पालिका अधिवेशन संपन्न भएको छ । सभापतिमा महेश कटेल निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन तथा जिल्लाको ७ औँ अधिवेशन चलिरहेका बेला पालिका अधिवेशन असोज ९ तगे बाट सुरु भएको थियो ।
स्वामिकार्तिक गाउँपालिकाको अधिवेशनले सभापति महेश कटेल लगाएत २४ सदस्य कार्यसमिति गठन गरेको छ । जसमा सभापतिमा महेश कटेल,उप–सभापतिमा दिपक हमाल,देवराज गिरी,सचिवमा उत्तम शाहि,दिर्जन विक,सह–सचिवमा धुर्व कैला, तपेन्द्र बहादुर शाही,कोषाध्यक्ष नरेन्द्र बहादुर महत्तरा लगाएत २४ कार्य समिति गठन गरेको पालिका निर्वाचन कार्यालयका सहायक मतदान अधिकृत मंगल रोकायाले बताए ।
१५ जना सदस्य निर्वाचित भएका पदाधिकारीहरलेनै मनोनित गर्ने छन् । नेपाली कांग्रेस स्वामिकार्तिक गाउँपालिका नव निर्वाचित कार्यसमितिलाई एक कार्यक्रमका विच निर्वाचित भएको घोषणा गरिएको सहायक मतदान अधिकृत रोकायाले जानकारी दिए ।
स्वामिकार्तिक गाउँपालिका मतदान अभिकृत गोविन्द बहादुर शाहिको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिधि पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी रहेको कार्यक्रममा नेपाली काग्रेसमा आस्तावान नेता तथा कार्यक्रर्ताको बाक्लो उपस्थिति रहको थियो ।