मिन बहादुर खड्का/बाजुरा– नेपाली काँग्रेस बुढिगंगा नगरपालिकाका बिद्यार्थी युवा नेता गोरख रौलले माहाधिवेशन प्रतिनिधिमा आफुले पनि उम्मेदवारी दिने बताएका छन । यवा नेता रौलेले युवा बाजुराले युवा नेता खाजिरहेकोले युवाको तर्फबाट सक्षम नेतृत्व रहेको बताउदै माहाधिबेशनमा उम्मेदावारी दिने बताएका हुन । नेता रौले अशल जुझाारु इमान्दार, कर्मठ निदर युवाहरुका ढुकढुकी बुढिगंगा नगरपालिकाका संदर्भमा युवा नेतृत्वको एउटा बलियो आधार युवा बिद्यार्थी नेता रौले आफ्नो माहाधिवेशन प्रतिनिधिमा उम्मेदवारी रहेकोले सवैलाई सहयोग गर्न आग्रह गरेका छन ।
आखिर को हुन त गोरख रौले
बिद्यार्थी उमेरबाटै राजनिति यात्रा सुरु गरेका नेता रौले २०६५ सिद्धनाथ बिज्ञान क्याम्पस स्ववियु उम्मेदवार रहेका थिए । २०६८ देखि २०७१ सम्म सोहि क्याम्पसमा एकाई अध्यक्ष रहेर काम गरेका थिए । २०७४ मा ने. बि संघ का केन्द्रिय सदस्य समेत रहेका नेता रौले बिभिन्न बिद्यार्थी आन्दोलनमा सक्रिय रौले आन्दोलनहरुमा घाइते र जेलनेल समेत भोगेका थिए ।
बाजुराले यर्थात बाजुराले खाजेजस्तै नेतृत्वमा सुहाउने नेता रौलेलाई बाजुरेलि जनताको एक जुझारु, कुशल, निडर, र सक्षम नेतृत्वका रुपमा पनि लिन सकिन्छ । नेपाली कांगे्रसमा नेतृत्वको जिम्मा युवा पुस्तालाई पनि हस्तान्तरण गरिनु पर्ने नेता रौलेको भनाई रहेको छ । युवा पुस्ता नेतृत्वमा आउने .हो भने बाजुराको राजनितिमा हिजोका दिनको राजनितिज्ञहरुले गर्ने गतिबिधिहरु र भोलिका नेतृत्व पंक्तिमा रहेका राजनितिज्ञहरु गर्ने गतिबिधिहरुमा फरक हुन्छ अथवा हुदैन भन्ने कुरामा कुनै दुईमत नभएको उनको भनाई छ ।
बाजुराको बिकास, परिवर्तन र युवाका आवश्यकताहरुलाई सश्म्वोधन गर्न युवा पुस्ता नेतृत्वमा नआई नहुने रावलले दावी गरेका छन ।युवा पुस्ता नेतृत्वमा आउनुपर्छ भन्ने बाजुरेली जनताको जनभावना र कांगे्रस निकट युवाहरुको रहेको हुदा आफु नेतृत्वमा आउन लागको उनले बताए । नेपाली कांगे्रस पार्टीलाई बलियो बनाउनुपर्छ, नेपाली कांगे्रस जनताको पार्टी अथवा जनताको जनभावनालाई कदर गर्ने, लोक्तन्त्रमा बिश्वास राख्ने, देशको शान्ति र बिकासका लागि अग्रभागमा रहेर काम गर्ने, जनताको सुख द:खमा साथ दिने, नपाली कौगे्रस जस्तो गौरव शाली इतिहास बोकेको पार्टीको कार्यकर्ता भएकोले पार्टी र जनताको को हित बिपरित,कदम आफु कहिले नचालेर निश्वार्थ भावनाले जनताको सेवामा समर्पित हुने र बाजुरा जिल्लाको बिकास र परिवर्तनका लागि अग्रभागमा रहेर खटुने कुरामा बिश्वास दिलाउन चाहान्छु नेता रौलेले भने ।











