युनिकोड    राशिफल    एफएम रेडियाे                        
305 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा–बाजुरामा नेपाली कांग्रेस को १४ औ माहाधिवेशन र ७ औ जिल्ला अधिवेशन को तयारी तिव्र भइरहेको छ । जिल्लामा यतिवेला अधिवेशनको चहलपहल निकै बढेको छ ।यति वेला नेपाली कांगे्रसको वढा तह र पाकिा तहको अधिवेशन संम्पन्न भइसकेको छ । भने हिजोबाट प्रदेश (क) र प्रदेश (ख) को पनि अधिवेशन सुरु भएको छ । वडा तह र पालिका तहको अधिवेशन संम्पन्न गरेर यति वेला कांगे्रस निकट नेता कार्यकर्ताहरु जिल्ला अधिवेशन संम्पन्न गर्नका लागि जिल्ला सडरमुकाममा आइपुगेका छन । यतिवेला कांगे्रस निकट नेता कार्यकर्ताहरुले अधिवेशनलाई पर्व र उत्सवका रुपमा लिएका छन ।

यतिवेला गाँउघरमा अन्नवाली पाकेर भित्तयाउने समय हो । तर नेताहरुको ध्यान घरको काम भन्दा पनि अधिवेशन तिर मात्र केन्दिरुत रहेको देखिन्छ । अरु बेला गाँउ सम्म नआउने नेताहरु पनि यतिबेला गाँउतिर फर्किएका छन । नेताहरुको ध्यान कुन ठाँउमा मैले उम्मेदवारी दिने भन्ने कुरामा मात्र केन्द्रित रहेको छ लथातार उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

जिल्ला अधिवेशन नजिकिदै गर्दा जिल्ला सभापतिका लागि नेपाली कांग्रेस  पार्टी भित्रकै ५ जना प्रतिभाशाली ब्यक्तिहरुले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन । नेपाली कांग्रेस पार्टी बलियो बनाउने र बाजुराको बिकासका लागि अग्रभागमा खट्ने म पनि हो भन्ने कुरा पाँचै जना नेताहरुले दावी गर्दै आइरहेका छन । पाँच जना नेताहरु कोहि एक भन्दा अर्को आफुलाई कमजोर ठान्दैनन् । व्यक्तिगत रुपमा पाँचै जना एक भन्दा अर्को कोहि कमजोर पनि होइनन् । पार्टीका लागि त्याग, तपस्या र योगदान पनि सवैले गरेकै छन । नेतृत्वमा आएपछी एउटाले केहि गर्न सक्दैन अर्कोले धैरै गर्न सक्छ भनेर भन्न पनि सकिन्न । व्यक्तिगत क्षमता पार्टी प्रति र समाज प्रति दिएको योगदान बाजुरेली जनताले मुल्याङकन गरेकै छन ।

जिल्ला सभापतिमा उम्मेदवारी दिने क्रम जारी छ । अर्को उम्मेदवार नआउलान नि भन्न सकिन्न । अहिलेसम्म मात्र पाँच जना आकांक्षीहरु रहेका छन । तर यता एउटै कांग्रेस भित्र पनि छुट्टा छुट्टै गुटका  उम्मेदवारहरु किन छन त भन्ने जिज्ञासाको बिषय बनेको छ । एउटै पार्टी भित्र पनि एक ठाँउमा उभिएर अगाडी बढ्न नसक्नु पार्टी बलियो बनाउने भन्दा पनि पार्टी कमजोर बनाउने खेल कांगे्रस भित्र हुदै छ । सहमतिको अधिवेशन हुदैन कि भन्ने चौतर्फि हल्ला सुनिन थालेको छ । तर यता नेपाली कांग्रेसले भने सुरु देखि नै सहमतिका आधारमा अधिवेशन संपन्न गर्ने अठोतका साथ अगाडी बदिरहेको देखिन्छ । सहमतिको अधिवेशन संम्पन्न गनुपर्छ, भन्ने उदेश्यका साथ कौगे्रस निकट नेता कार्यकर्ताहरु जिल्ला सडरमुकाममा जम्मा भएका छन ।

यो बिषयमा कांगे्रस बाजुराले लोकतान्त्रिक परिपार्टी अनुसार प्रतिसपर्धामा उत्रिनु स्वभाविक बिषय भएको बताउदै आइरहेको छ । अहिले प्रतिसप्रर्धामा जति उभिएता पनि अन्तिममा सवै एक ठाउँमा कांगे्रस भएर उभिने र सहमतिकै आधारमा अधिवेशन संम्पन्न गर्ने आठोट गर्दै आइरहेको छ । कांग्रेस बाजुराले गुटउपगुट नभनि बाजुरालाई समेत्ने र कांगे्रस बलियो बनाउन सक्ने, बाजुराको बिकासका लागि अहोरात्र खट्ने, कुशल कर्मठ, र जुझारु नेतृत्व चयन गर्ने अठोट राख्दै आइरहेको छ । जसरी पनि एकताको अधिवेशन संम्पन्न गर्ने कांगे्रस बाजुराको सुरु देखिको बोल रहेको छ । जुनसुकै तहको नेतृत्व चयन गर्दा पनि सर्वसम्मत चयन गरौ भन्ने भावना नेता कार्यकताहरुको रहेको पाइएको छ ।

तर एता उम्मेदवारहरु भने सहमतिको अधिवेशन संम्पन्न गछौ भनेता पनि सहमति भएमा उम्मेदवारी त्याग्छु भन्ने मनसायमा कोहि देखिदैनन् । उम्मेदवारहरुको सहमति गनुपरेमा आफुलाई सहमति दिनुपर्छ भन्ने मनसाय रहेको छ । यसो हेर्दा सहमतिको अधिबेशन हुदैन कि भन्ने पनि देखिन्छ । सवैको मलाई दिनुपर्छ भन्ने भावना रहेकोले सहमतिका आधारमा अधिवेशन हुने सम्भावना कम दखिएको छ । अधिवेशन सर्वसम्मत बाट सम्पन्न हुदैन भन्न सकिने अवस्था पनि छैन । सहमतिकै अधिवेशन संम्पन्न हन्छ भनेर पनि अहिले नै एकिन गर्न सकिन्न । साच्चिकै अधिवेशन सर्वसम्मत बाट संम्पन्न हुन्छ अथवा हुदैन यो कौतुहल्ताको बिषय बनेको छ । यसको नतिजा आउन बाँकी नै छ । सभापति यि नै बन्छन भनेर पनि एकिन गर्न सकिने अवस्था छैन ।

यि हुन जिल्ला सभापतिका उम्मेदवारहरु

१.बरिष्ठ नेता रामसिंह रावल
२. पार्टी सभापति कविराज पण्डित
३. संबिधान सभा सदसय माहा नेपाली
४. माहधिवेशन प्रतिनिधि एवम युवा नेता चक्र बहादुर शाह
५.संगठन बिभाग प्रमुख एवम पुर्व  पार्टी सचिव धनराज पण्डित

अधिवेशन संम्पन्न गर्नका लागि जिल्ला सडरमुकाम पुगेका नेपाली कांग्रेस निकट नेता कार्यकर्ताहरुका झलकहरु तल देख्न सकिन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!