मिन बहादुर खड्का/बाजुरा–नेपाली काँग्रेस बाजुराको ७ औँ जिल्ला अधिवेशनमा पार्टी सभापतीको उम्मेदवार रहेका पुर्व संविधान सभा सदस्य नेता महा नेपाली कांग्रेस खप्तड छेडेदह गाँपालीकाका एक बलियो आधार हुन । इमान्दार कर्मठ, निडर,र सक्षम नेतृत्व गर्ने नेताका नामले परिचित नेता नेपालीले बिशेष गरेर बाजुरा जिल्लाका दलितहरुको हक अधिकार प्रप्तिका लागि ठुलो योगदान दिएका छन । बाजुराका दलितहरुको हक हितका निमित्त आवाज उठाउनेहरु मध्यकै पहिलो नेता नेपाली हुन । नेता नेपालीले दलित जनाताका लागि बिर्सन नसकिने योगदान दिएका छन । नेता नेपालीले बाजुराका समग्र दलित, महिला, युवाहरुका सवालहरुलाई उठान गर्दै आइरहेका छन ।
नेता नपाली दलित समुदायका एक देशभक्त नेता मानिन्छन् । उनले बाजुरेली जनताका हक, हित अधिकारका विषयमा आवाज उठाउँदै आएका छन् । राजनीतिमा लामो समय देखि संर्घष गर्दै दलितहरुको हक अधिकार र बाजुरा जिल्लाको बिकास र निरन्तर जनताको सेवामा समर्पित हुदै आएका छन । समग्र बाजुरेली जनताको उन्नति, प्रगति र समृद्धि र बाजुरा जिल्लाको बिकासका निम्ति आवाज उठाउनेहरुको नाम लिनु पर्दा नेता नेपालीको पनि लिने गरिन्छ । यतिवेला सभापतीको उम्मेदवार समेत रहेका नेता नेपाली समुहगत हिसाबले नेपाली काँग्रेसको देउवा समुहका बलिया नेता मानिन्छन् ।
२०४६ साल देखि अहिले सम्म नेपाली कांग्रेसमा सक्रिय रुपमा लागेर पार्टीलाई शसक्त पार्टी बनाउने उद्देश्यका साथ राजनितिक यात्रामा लागेको हुदा जिल्ला अधिवेशनमा आफु सभापतिको उम्मेदवारी रहको नेता नेपालीले बताए । उनले औपचारिक रुपमा आफु सभापतिको उम्मेदवारी रहको घोषणा गरिसकेकाका छन । नेपाली काँग्रेसमा सवै नेताहरुले पालो पाउनुपर्ने नेता नेपालीको भनाई रहेको छ ।
को हुन् त नेता नेपाली ?
पुर्व संविधान सभा सदस्य महाँ नेपालीको जन्म विक्रम संवत् २०२६ साल माघ २६ गते बाजुरा जिल्लाको साविकको आटिचौर गा.वि.स वडा नं २ को बुडाबाढामा भएको थियो । नेता नेपालीले २०४६ सालबाट नेपाली काँग्रेस निकटको संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुभारम्भ गरेका थिए । २०५३ सालमा नेपाल विद्यार्थी संघ बाजुराको जिल्ला कार्य समिती सदस्य रहेर आफ्नो राजनीतिक यात्रा बलियो बनउदै अघि बढेका नेता नेपाली २०५४ सालको स्थानीय निर्वाचनबाट आटिचौर गाविसको वडा नं.२ को निर्वाचित वडा अध्यक्ष, २०५६ सालमा नेपाल तरुण दल बाजुराको जिल्ला कार्य समिति सदस्य, बनेका नपाली २०६३ र सालमा नेपाली काँग्रेस बाजुराको जिल्ला कार्य समिति सदस्य रहेका थिए ।
२०६४ सालमा नेपाली काँग्रेसको समानुपातिक सांसद भई संविधान सभा सदस्य समेत बनेका नेपालीको नेपालको संबिधान बनाउने कार्यमा महत्वपुर्ण योगदान रहेको छ । २०६५ सालमा चितवन र झापा महाधिवेसनमा नेपाली कांग्रेस निकट नेपाल दलित संघका केन्द्रीय सदस्य बनेका नेता नेपाली काँग्रेसको १२ औँ महाधिवेसनमा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी रहेका थिए भने १३ औँ महाधिवेसनमा नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधी तथा महासमिती सदस्य बनेका थिए ।
यि हुन हेर्नेनुहाेस नेता नेपालीले गरेका सामाजिक कार्यहरु
दुर्गम बाजुरामा जन्मेका नेता नेपालीले २०६० सालमा साविकको आटिचौर गा.वि.स.को बुढाबाडामा सबै दलित समुदायहरुको माझमा मष्टा प्राथमिक विद्यालय स्थापना गरी सबैको स्थानियमा शिक्षाको लहर चालेका थिए । राजनीतिक यात्रा सँगसँगै सामाजिक कामहरु पनि थुप्रै गरेका नेता नेपालीले मानविकास सुचाङको ७७ औँ स्थानमा रहेको बाजुरा जिल्लामा २०६० सालमा दलित नेटवर्कको जिल्ला संयोजक रही दलित नेटवर्क स्थापना गरेका थिए । देश छुवाछुतमुक्त घोषणा गर्नु पर्छ भन्ने हेतुले नेता नेपालीले बाजुरालाई पनि २०६२ सालमा जिल्ला विकास समिति समक्ष बाजुरा जिल्लालाई छुवाछुतमुक्त घोषणा गर्न पहल गरि उक्त कार्यमा सफल भएका थिए ।
मैले हिजो पनि दलितहरुका हक अधिकारका निमित्त आवाज उठाएको थिए । दलितहरुका लागि मात्र नभई समग्र बाजुरेली जनताको हक हितका लागि र बाजुरा जिल्लाको बिकासका लागि, मैले गरेको कामको बारेमा बाजुरेली जनतालाई अवगत नै छ । बिशेष गरेर दलितहरुका हक र समाजमा रहेको जातिय बिभेदको अन्त्य गर्ने उदेश्यका साथ म राजनितिमा लागेको थिए । पुन: पनि दलितहरुका हकका लागि मात्र नभई समग्र बाजुराको बिकास र परिवर्तनका लागि अग्रभागमा रहेर काम गर्ने अझै चाहान छ । त्यसकारण मैले जिल्ला अधिवेशनमा सभापतिमा उम्मेदवारी दिएको छु ।सवैलाई सहयोग गरिदिन हुन पनि आग्रह गर्दछु नेता नेपालीले भने ।