राम बहादुर दानी/बाजुरा– नेपाली काँँग्रेस बाजुराले सातौँ अधिबेशनले गाँउ देखि पालिका सम्मको नेतृत्व चयन सहमतिकै आधारमा गरि सकेको छ । यसै क्रममा प्रदेश (क) को अधिबेशन पनि सर्व सहमतिबाट सम्पन्न भै सकेको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को उपसभापतिमा गगनजंग बुढाले उम्मेद्वारी दिएका छन । बिगत लामो समय देखी काँग्रेस राजनितिमा अब्बल नेताको रुपमा चिनिने नता अएडीले आफुले पाटी पंक्तिमा गरेको त्याग तपश्या र बलिदानीको उच्च कदर गर्दै आफुलाई बिजयी गराउन सबै जिल्ला प्रतिनिधिहरुलाई आग्रह गरेका छन ।
बिद्यार्थी जीवन देखी राजनितिमा हुम्मिएका नेता बुढाले आफु जिममेवारी पदमा निर्वाचित भए पछि सबैको हित हुने कुरामा बिश्वास दिलाउछन । १० बर्षिय माओवादी युद्वमा यातना खेपेका नेता अएडीले २०५० सालबाट नेपाल बिद्यार्थी संघबाट आफ्नो राजनिति यात्रा सूरु गरेका थिए ।
नेपाल बिद्यार्थी संघको प्रथम अधिबशनबाट सचिव पदमा निर्वाचित हुनु भएको थियो । त्यस्तै नेता बुढा पुन २०५४ सालको दोस्रो अधिबेशनमाट पुन: सचिव पदमा निर्वाचित हुनु भएको थियो । आफ्नो काममा कर्मनिष्ठ र लगनशिल भएर लाग्ने नेता बुढा २०५८ सालमा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्यमा मनोनित हुनु भएको थियो ।
दशौ जिल्ला अधिबेशनबाट नेता बुढा जिल्ला कार्य समिति सदस्यमा निर्वाचित भएका थिए । बिभिन्न कालखण्डको राजनितिमा गरेको आफ्नो पाटीको लगावको उच्च मुल्याङ्कन गर्दै आफुलाइृ प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को उपसभापति पदमा उमम्द्वारी दिएकोले सबै जिल्ला प्रतिनिधीहरुलाई आफुलाई मतदान गरी विजयी गराउन समेत आग्रह गरेका छन ।