राम बहादुर दानी/बाजुरा– नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिबेशनको चटारो चलि रहेको छ जिल्लाका २ वटा निर्वाचन प्रदेश क्षेत्रमा नेतृत्व चयन प्रकृया अन्तर्गत प्रदेश (क) मा राम बहादुर बोहरा सभापतिमा सर्वसम्मतबाट चयन भैसकेका छन भने प्रदेश (ख) मा सहमति हुन नसक्दा निर्वाचन भैरहेको छ ।
प्रदेश (ख) मा सभपतिका दुइ जना उम्मेद्वार बिच कडा प्रतिस्पर्धा भैरहेको छ । प्रदेश (ख) मा सभापतिमा रंग खाती र देब रोकाया रहेका छन । कडा प्रतिस्पर्धाका साथ नेतृत्व चयन हुने निर्वाचन समितिले जनाएको छ । वाहिरीको वातावरण र चुनावी मावल हेर्दा रंग खातीले नै सभापतिमा वाजी मार्ने सम्भावना रहेको छ ।
खाती लामो समय सम्म शिक्षण पेषामा आवद्व रहेका थिए भने नेता देव रोकाया भने बिभिन्न संस्थाहरुको पदमा वाहाली हुनु हुँन्थ्यो । शिक्षण पेषामा लागेका भएता पनि राजनितिक क्षेत्रमा भने नेता खातीको निकै चर्चा र बाहुल्यता रहेको छ । लामो समय सम्म शिक्षण पेषाबाट पुरै जीवन यापन गरेका नेता खातीले सातौँ जिल्ला अधिबेशनमा बाजुराको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट सभापतिमा जित्ने प्रवल सम्भावना रहेको छ । यता सभापतिका प्रतिस्पर्धी रोकायाले भने संघिय प्रतिपक्षका उम्मेद्वार हरि रोकायासंग भारी मतले पराजय भोगे पश्चात नेपाली काँग्रेसको सातौँ जिल्ला अधिबेशनमा पनि प्रदेश (ख) को सभापतिमा पनि भारी मतले हार्ने बाह्य वातावरणले देखाएको छ । दुबै जना प्रतिस्पर्धी बिच आपसी सहमति हुन नसक्दा बिहिबार मावल चुनावी प्रकृयामा गएको हो ।
प्रदेश ख मा ७ सय २७ जना क्षेत्रीय प्रतिनिधी रहेका छन । निर्बाचन समितिका अनुसार मतदान प्रक्रिया अगाडी बढाईसकेको जनाएको छ । त्यस्तै उप–सभापतिमा २ जनामा ६ जनाको उम्मेद्धारी रहेको छ । शेर बहादुर सिंह, दिल ब. बुढा, गगन जंग बुढा, हरिचन्द्र पाध्याय, सत्य कुमारी रोकाया र पदम ब. बडुवाल रहेका छन । सचिवमा २ जनामा ४ जनाले उम्मेद्धारी दिएका छन । उम्मेद्धारी दिनेमा चक्रराज जोशी, बल ब. थापा, दिल ब. थापा र प्रभुराज जोशी रहेका छन । सहसचिवमा पनि २ जना हुनुपर्नेमा ४ जनाको उम्मेद्धारी रहेको छ । उम्मेद्धारी दिनेमा अर्जुन नाथ, महेन्द्र रावल, हर्क ब. शाही र बिमल ब. थापा रहेका छन ।
प्रदेश अधिबेशन प्रतिनिधीमा ७ खुला मध्य २३ जनाको उम्मेद्धारी रहेको छ । प्रत्यक्ष प्रदेश अधिबेशन प्रतिनिधीमा ३ जना उम्मेद्धार मध्ये ५ जनाको उम्मेद्धारी रहेको थियाे भने २ जनाले फिर्ता लिइ सकेकाे र बाँकी ३ जना निर्विराेध चयन भइ सकेकाे पनि जानकारी दिएका छन । २ जना खस आर्य प्रतिनिधीमा ४ जना रहेका छन । त्यसै गरी दलित खुला प्रतिनिधिमा १ जनामा २ जना रहेका छन । अपाङ्ग, मधेशी, थारु, अल्पसख्यं र मुस्लीम १ जनामा ७ जनाको उम्मेद्धारी रहेको छ । रोकाया पौडेल पक्षबाट उम्मेद्वारीमा छन भने नेता खाती देउवा प्यानेलका उम्मेद्वार रहेका छन । निर्वाचनको नतिजा बिहिबार नै घोषण हुने निर्वाचन समितिले जनाएको छ ।