मिन बहादुर खड्का बाजुरा : नेपाली काँग्रेस बुढिनन्दा नगरपालीकाकी नेतृ मनमती अएडीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी रहेको बताएकी छन । काँग्रेसकाे नेतृत्व लिदै आइरहेकी महिला नेत अएडीलाई बाजराकी नेतृत्व गर्न सक्षम महिलाका रुपमा लिइन्छ । को हुन त नेतृ मनमती अएडी एक कुशल कर्मठ र इमानदार मात्र नभई नेपाली काँग्रेस पार्टीका लागि ठुलो योगदान दिने एक महिला नेतृ मध्यकी एक हुन ।
एडी पार्टी बलियो बनाउनका लागि मात्र नभएर समाजको बिकास र महिलाहरुका सवालहरुलाई उठान गर्ने र बिशेष गरेर अपाङ्गहरुको बिषयमा वकालत गदै आइरहेकी छन महिलाहका समस्याहरुलाई समाधान गर्नका लागि र समग्र समाजको बिकास र जनताका जनभावनालाई कदर गर्ने र समाज परिवर्तनका लागि सधै अग्रभागमा रहेर खट्ने नेतृका नामले परिचित छन । बिशेष गेरर अपाङ्ग महिला र बालबालिकाहरुका समस्या समाधानमा आफ्नो अमुल्य योगदान दिदै आएकी नेतृ अएडीले महिलाहरुका मागहरुलाई संम्वोधन गर्नका लागि महिला नै नेतृत्वमा आउनु पनी दावी गरेकी छन । हामि महिलाहरु नेतृत्वमा आएनौ भने महिलाहरुका समस्याहरु अझै पनि जहाँ का त्यहि सिमित हुनेछन । त्यसैले महिलाहरुले पनि नेतृत्वमा आउन आवश्यक रहेको हुन्छ ।
महिलाहरुले केहि गर्न सक्दैनन् महिलाहरुले पुरुषको जस्तो नेतृत्व लिन सक्दैनन् भन्ने पृतिसतात्मक सोच भएको समाजका अगाडी इमान्दार, सक्षम, र कुशल नेतृत्व भएर हामि उभिनुपर्छ । अव हामि महिलाको जिम्मेवारी घर समाल्ने मात्र नभएर समग्र समाज र राष्ट्को हितका लागि योगदान दिनु हो उनले भनिन् । आफु सरल र सहज ढंगले जनतामा समर्पित भएर निश्वार्थ भावनाले जनताको सेवा गर्ने र जनताका जनभावनालाई कदर गर्ने, राजनितिज्ञ हो भन्ने बिचार बोकेकी नेतृ अएडीले आफु जनताको भलाई र समाजको बिकास र आमुल परिवर्तनका लागि नै राजनितिमा आएकी बताएकी छन । २०५० साल देखि सामन्य क्रियासिल प्ररारम्भ गरेकी नेतृ अएडी २०५४ मा अपाङ्ग कल्याण सेवा संघ बाजुराकी कोषाअध्यक्ष,२०७० मा अन्तरपार्टी जिल्ला महिला उत्थान समिति उपाअध्यक्ष,२ं०७२ मा महिला संघकी नेपाली काँग्रेस माहाधिवेशन प्रतिनिधि, २०७३ मा अपाङ्ग माहासंघकी क्षेत्रीय सदस्य, समेत रहेकी थिइन ।
उनले के के काम गरिन हेर्नुहोस
२०५४ सालमा अपाङ्ग कल्याण सेवा संघ बाजुराकी कोषाअध्यक्ष मा रहि काम गर्दै गर्दा १४ ओटा अपाङ्ग बालबालिकालाई कैलालिको अत्तरियामा अपाङ्ग आवासिय विद्यालयमा भर्ना गरेकी थिइन । पािर्टीको हितकै लागि लड्दै गर्दा २०६२ /६३ को जनाआन्दोलमा घाइते अपाङ्ग भएर कोहोलपुुरमा अस्थायी वसोबास गरेकी थिइन ।आफु अपाङ्ग भएर पनि जिल्लाका अपाङ्ग बालबालिकाहरुलाई बिशेष सहयोग गर्दै आइरहेकी छन । अपाङ्गहरुको समस्याहरु समाधान गर्ने कुरा मात्र भन्दा पनि समाजको बिकास र नेपाली काँग्रेस पार्टी बलियो बनाउने कुरामा आफु सधै अग्रभागमा रहेर काम गर्ने नेतृ एडीकोे भनाई रहेको छ । नेतृ एडी बुदिनन्दा नगरपालिकाको हकमा एक अशल र सवैको मनमुटुमा बस्न सफल महिला नेतृ हुन ।











