बाजरा- नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशन निर्वाचन क्षेत्र प्रदेश सभा (ख) कार्य समितिका सभापतिले सबैलाई मिलाएर लिने कुरामा बिश्वास दिएका छन । शनिबार आफ्ना प्रतिस्पर्धी देब बहादुर रोकाया संगको भेटबार्तामा उनले यस्तो बताएका हुन । रोकायाले नब निर्बाचित सभापति खातीलाइ अबिर लगायर बधाई तथा शुभकामना दिएका थिए। नेपाली काङ्ग्रेसको १४ औ महाअधिबेशन ७ औ जिल्ला अधिबेशनको पुर्ब सन्ध्यामा तथा पहिलो क्षेत्रीय (ख) प्रदेश अधिबेशनमा खातीले आफ्ना प्रतिस्पर्धी देब बहादुर रोकाया आफुसंग पराजित भए पनि संगठन पार्टी निर्माणका सवालमा उहाँ संग सल्लाह, सुझाव लिएर अगाडी नबताए । शनिबार रोकाया निबासमै गएर नब निर्बाचित सभापति खातीले भेटबर्ता गर्नु भएको हो । असोज २४ गते भएको प्रदेश सभापति पदमा दुई जना बिच छुट्टाछुट्टै समूह बिच प्रतिस्पर्धा गरेका थिए निर्बाचनमा खातीसंग रोकाया भारी मता अन्तरले पराजित भएका थिए । नब निर्बाचित सभापति खातिले रोकाया संग मात्रै नभएर आफु र आफ्नो निर्बाचित कार्यसमिति पराजित भएका सबै नेता कार्यकर्ताहरुको सल्लाह सुझाव अनुसार नै चल्ने कुरा प्रष्ट पार्नु भएको छ ।











