युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
102 पटक पढिएको

राम बहादुर दानी/असोज, १६– नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिबेशनको शनिबार समुद्घाटन कार्यक्रम सम्पत्र भएको छ । जिल्लाका सबै स्थानिय तह तथा निर्वाचन क्षेत्र प्रदेश (क) र ख) को अधिबेशन समेत सम्पत्र भै सकेको छ ।
यसै क्रममा जिल्ला भरीका नेताहरुको पनि नेतृत्व आफ्नो हातमा कसरी पार्ने भन्ने कुराको दाउ चलि रहेको छ । जिल्लाबाट सदरमुकाम मार्तडीमा कुशल नेतृत्व चयन गर्नका लागि १२०४ जिल्ला प्रतिनिधीहरु पनि कस्को पक्षमा मतदान गर्ने भन्ने कुरामा दौडधुपमा लागिरहेका छन ।
बाजुरा जिल्लाको महिला सवालको विषयमा कुशल महिला नेतृको पनि काँग्रेस बाजुरामा खाँचो परेको छ । यसै क्रममा जिल्लामा लामो समय सम्म महिलाहरुको सवालमा वकालत गर्ने महिलाहरुको पनि नेतृत्वको खाँचो परेको छ । यसकै उदाहरणिय महिला नेतृ हुन सुनिता कुमारी सुनार ।

नेतृ सुनारले पनि नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधीको लागी उम्मेद्वारी दिएकी छन । बिगत लामो समयसम्म उनले बाजुरा काँग्रेसमा कृयाशिल भएर लागेर काम गरेको पाइएको छ । बिगत दश वर्षिय द्वन्द कालिन समयमा बिद्रोही पक्षवाट ठुलो यातना खेपेकी नेतृ सुनार बाजुरा जिल्लाको महिला नेतृको बेग्लै पहिचान कमाउन सफल नेतृ हुन ।

को हुन त नेतृ सुनार ?


बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नंं. ४ दुगडीबाडामा बिक्रम संंवत २०४३ मा उनको जन्म भएको थियो । नेतृ सुनारले थुमा माद्यामिक बिद्यालयबाट प्राथमिक तह र माद्यामिक तह सम्मको अध्यायन पुरा गरेकी थिइन । भानुदय उच्च माद्यामिक बिद्यालयमा उच्च शिक्षा हासिल गरेकी नेता सुनारले बडीमालिका क्याम्पसबाट स्नातक तह सम्मको अध्यायन गरेकी छन ।
शैक्षिक योग्यता क्रम र लामो राजनितिक पृष्ठभुमीको बेग्लै छवि उच्च राख्न सफल महिला नेतृ सुनारले बाजुरेली महिलाहरुको हक हित र सवालका विषयमा वकालत गर्दै आएकी छन । नेतृ सुनारले आगामी दिनमा आफुलाई बाजुरा जिल्लाबाट महााधिबेशन प्रतिनिधको पदमा विजयी गराउनु भयो भने चुलो चौकोमा सिमित रहेकी बाजुरेली महिलाहरुको हक अधिकारका लागि थप नयाँ काम गर्ने प्रतिवद्वता जाहेर गरेकी छन । नेतृ सुनारले आफु पदमा रहे पनि पदमा नरहे पनि सदैब बाजुरेली जनताको सेवामा समर्पित हुने बताएकी छन ।

कस्तो छ नेतृ सुनारको राजनितिक पृष्ठभुमी ?


नेपाली काँग्रेस बाजुराकी प्रभावशाली नेतृ सुनार २०६८ मा ने.वि.स. भानोदय उच्च मा.बि.को सदस्य हुदै बिद्यार्थी राजनितिमा प्रवेश हुनु भएको थियो । राजनितिक दौडानको क्रममै उनी २०६७ सालमा साविक कुलदेवमाण्डौ गा.बि.स.हाल परिवर्तित बुढीगंगा नगरपालिकाको कोषाध्यक्ष पदमा रही काम काज गरि सकेकी छन ।

त्यस्तै २०७० साल मै जिल्ला दलित नेटवर्कको कोषाध्क्ष पदमा रही उनले काम गरेको पाइएको छ । जिल्ला दलित नेटवर्कको केद्रीय अधिबेशनमाा उनी बाजुरा जिल्लाबाट केद्रीय प्रतिनिधीमा चयन पनि भएकी थिइन् । नेतृ सुनारको लामो समयको राजनिति यात्राको बाजुरेली जनताले उच्च कदर गर्दै २०७४ सालमा सम्पन्न भएको संघिय निर्वाचन पश्चात उनलाई जिल्ला समन्वय समितिको उप–प्रमुखको जिम्मेवारी दिइएको थियो ।

 

नेतृ सुनार हाल सम्म जिल्ला समन्वय समितिको उप–प्रमुख पदमा रही काम काज गर्दै आएकी छन । उनको लामो समय सम्मको राजनितिक यात्राले बाजुरेली जनमानसमा बेग्लै प्रभाव पारेको एक तथ्यले सावित गरेको छ । यसरी नेतृ सुनारले आफुले हरेक कालखण्डमा राजनितिक पदमा रही इमान्दारी पुर्वक अनवरत रुपमा कामकाज गरेकोले जिल्लाको सातौ अधिबेशनमा आफुले महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिएको बताईन् ।

उनले आफुले महाधिबेशन प्रतिनिधीमा उम्मेद्वारी घोषणा गर्दै सम्पुर्ण जिल्ला प्रतिनिधीलाई कुशल,जुझारु, बिभिन्न सममुदायका मुद्वाहरुलाई उठान गर्न सक्ने आफुमा क्षामता भएकोले आफुलाई नै मतदान गरी विजयी गराउन लोकतन्त्र विहानी न्युजसंगको कुराकानीमा अनुरोध गरेकी छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!