मिन बहादुर खड्का/बाजुरा–नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति कविराज पण्डितले पुनः सभापतिमा उम्मेदवारी घोषणा गरेका छन । आइतवार आफ्नै निजि सचिवालयमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषण गरेका हुन ।
पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका नेता पण्डित पुनः सभापति बन्ने सम्भावना देखिएको छ । यतिवेला नेपाली कांग्रेस बाजुराका सिर्ष नेताहरु मध्य पुर्व सम्बिधान सभा सदस्य, देवराज जोशी, संबिधान सभा सदस्य महा नपाली, महासमिति सदस्य पदम शाही, लगायतका नेताहरु एक ठाँउमा उभिएका छन । बहुमत पनि सभापतिकै पक्षमा रहेको देखिन्छ । बाजुराका अधिकांस स्थानिय तह र प्रदेश (ख) को निर्वाचनमा पनि देउवा पक्षले जित हार पारिसकेको छ । त्यसकारण नेता पण्डित नै सभापति बन्ने सम्भावना बढी देखिएको छ ।
पत्रकार सम्मेलनमा नेता पण्डितले नेपाली कांगे्रसको बिधी बिधान अनुसार दुई पटक उम्मेदवारी दिन पाउने व्यवस्था भएको र एक कार्यकाल बित्दै गर्दा आफुले नेपाली कांग्रेस र बाजुराका लागि गर्नैपर्ने केहि कामहरु गर्न बाँकी रहेकोले ति अधुरा कामहरुलाई पुरा गर्नका लागि पुन उम्मेदवारी घोषणा गरेको बतउका छन । नेता पण्डितले आफुलाई सवैले सहयोग गर्ने कुरामा कुनै दुइमत नभएको बताए । सहमतिको अभ्यास अझै जारी रहेकोले सभापतिका दावेदार अन्यले पनि मलाई सहमत गनेर्छन भन्ने कुरामा बिश्वस्त रहेको नेता पण्डितको भनाई रहेको छ ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस बाजुराकाम सिर्ष नेताहरु मध्य पुर्व सम्बिधान सभा सदस्य, देवराज जोशी, संबिधान सभा सदश्य महा नपाली, महासमिति सदस्य पदम शाही, नेपाली कांग्रेस निकट नेता कार्यकर्ताहरु जिल्ला स्थित पत्रकारहरुको उपस्थिति रहेको थियो ।
भिडीयाे हेर्न तलकाे लिङ्कमा क्लिक गर्नुहाेला ।
https://youtu.be/o9IPH4S90Tw