बाजुरा– नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा सहमति हुन नसक्दा मंगलबार बिहानबाट मतदान सूरु भएको छ । तिनदिन सम्म पनी सहमती हुन नसकेपछी मंगलबार बिहानबाट मतदान सूरु भएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । असोज १६ गते बाट काँग्रेस बाजुराको अधिवेशन सुरु भएको थियो ।
काँग्रेस बाजुरामा सहमतीको आधारमा नेतृत्व चयन हुन नसेकेकोले निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्नका लागि मतदान सुरु गरिएको हो । निर्वांचनमा जिल्ला सभापतिका लागि देउवा पक्षबाट कविराज पण्डित, पौडेल सिटौला पक्षबाट रामसिंह रावल, त्यस्तै मध्यमार्गीबाट चक्र बहादुर शाहाको टिम चुनावी मैदानमा गई मतदान सूरु भइसकेको छ । मतदमन जारी रहको छ ।