बाजुरा– नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिबेशनको मंगलबार बिहानै देखि सुरु भएको छ ।
जिल्ला समन्वय समितिको भवनमा मतदान कार्य सुरु भएको हो । मतदान स्थलका खटिएका सुरक्षाकर्मीहरुले पत्रकारलाई सुचना लिन, रिपोर्टिङ्ग गर्न र फोटो खिच्नमा रोक लगाएको छ । मतदान केनद्रमा भए गरेका कृयाकलापहरुलाई बहिर ल्याँउने पत्रकारको धर्म हो । राज्यले दिएको पत्रकारको अधिबार माथी नै सुरक्षाकर्मीले दमन गरेको सावित भएको छ ।
मंगलबार बिहानै देखि लाइनमा लागेका मतदाताहरुको अबस्था र मतदान स्थलको सुचना लिन जाँदा सुक्षार्थ खटिएका दमनकारी सुरक्षाकर्मीहरुले जान नपाउने गरी रोक लगाउदा पत्रकारले सुचना लिन पाउने अधिकारको दमन भएको छ । जिल्लाको दुर्गम हिमाली गाँउपालिकाको बिच्छ्या, जयबागेश्वरी लगायतका ठाँउबाट आएका अपाङ्ग, बृद्व, अशक्त, असहाय ब्यक्तिहरु लाइनमा लगिरहेको बेला उनिहरुको राय लिन परिचयपत्र सहित पत्रकारलाई रिपोटिङ्गमा सुरक्षाकमीले कसैलाई पनि प्रवेश निषेध गरिइको छ भनी रोक लगाउदा मतदान स्थलको रिपोर्टिङ्ग गर्नमा दमन भएको छ ।
जिल्ला समन्वयको भवन भित्र मतदान भएको भएता पनि पत्रककारलाई समन्वय समितिको गेटबाट भित्र प्रवेश हुन नदिदा मतदान स्थलको अवस्थाको सुचना लिनमा प्रेसमाथी सुरक्षाले धावा गरेको छ । यस्तो दमनकारी र कु शासनले गर्दा नै सत्य तथ्य कुराको रिपोर्टिङ्ग नहुदा वास्तविक कुरा बाहिर आउन नसक्ने देखिन्छ ।
सुरक्षा निकायबाट खटिएका सुरक्षाकर्मीहरुले नै सबै थोक आफै हौँ भन्ने हावी पन देखाउदा पत्रकारको सुचना लिन र रिपोर्टिङ्ग गर्न पाउने अधिकारमा धावा लागेको छ । यस्ता कु कार्य गर्ने सुरक्षाकर्मीलाई के सम्बन्धीत कार्यालयबाट रिपोर्टिङ्ग गर्नमा रोक लगाउन भनी अर्याएको होला त ? हैन भने प्रेसमाथी सुरक्षाकर्मीले गर्न खोजेको दमन प्रति प्रेस जगत घोर निन्दा गर्दछ ।