
बाजुरा–नेपाली काँग्रेस बाजुराको दोस्रो चरणको निर्वाचन बिहिबार नै हुने भएको छ । बिहिबार पत्रकार सम्मेलन गर्दैै तेस्रो उममेद्वार चक्र शाहले राम सिंह रावललाई सहति दिएका हुन ।
नेपाली काँग्रेस बाजुरामा कुल १२१२ क्षेत्रिय प्रतिनिधि रहेका छन भने पहिलो निर्वाचनको मतदनमा १२०५ मत खसेका थिए । सो मध्ये कविराज पण्डितले ४८९ मत प्राप्त गरेका छन् भने रामसिंह रावलले ४७४ मत प्राप्त गरेका छन् । त्यसै गरी चक्र बहादुर शाहले १५२ मत प्राप्त गरेका छन् । अब चक्र शाहले रावलाई समर्थन दिदा कुल ८९९ मत हुन आउछ । यसरी दुबै जनाको मत मिलाउदा रामसिंह रावल बहुमतमा विजयी हुने संकेत देखिएको छ ।

देउवा पक्षबाटका उम्मेद्वार कविराज पण्डितको पक्षामा पहिलो चरणको निर्वाचनमा ४८९ मात्र प्राप्त गरेका थिए भने दोस्रो निर्वाचनमा पनि सोही मत सिमित हुने देखिन्छ । तर दोस्रो चरणको निर्वाचनमा कस्तो नतिजा आँउछ त्यो भने हेर्न बाँकी नै छ ।
नेता शाहले एक विज्ञप्ति जारी गदै आफ्नो विज्ञप्ती पढेर नेता रामसिंह रावललाई समर्थन दिएको घोषण गरेका हुन । पत्रकार सम्मेलनको भिडियो यस्तो रहेको छ ।
भिडियो हेर्न तलको लिँकमा क्लिक गर्नु हाेला












