
राम बहादुर दानी– जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ६ मा शुक्रबार जिप दुर्घटना भएको छ । शुक्रबर साँझ ५ः३० बजे बा २१ च ४३२ नम्मरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानाएको छ ।
जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बडीमालिका नगरपालिका वडा नं. ६ कोर्धका भीम थापा, डम्वर बहादुर दानी र धन बहादुर थापा घाइते भएका छन् ।
घाइते ३ जना मध्ये धन बहादुर थापा र भिम थापा लाई डडेलधुरा रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले बताएका छन् । दुर्घटनामा परी घाइतेको टाउको र खुट्टामा गम्भिर चोट लागेको छ उनिहरु दुबै जनालाइ जिल्ला अस्पताल बाजुरामा उपरचार सम्भव नभएपछि रिफर डढेल्धुरा जिल्ला अस्पतालकमा रिफर गरिएको हो ।
सो जीप लगभग ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी कार्यलय बाजुराले दिएको जानकारी अनुसार चालक फराहर रहेको हुँदा खोजि कार्य भईरहेका छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्नेहरु प्रय सबै जना नेपाली काँग्रेस बाजुराको जिल्ला अधिबेशन सकेर घर फर्किनेहरु रहेका छन ।











