बाजुरा ः कैलाली कारागारमा रहेका कैदीबन्दीहरुले पनि हर्ष उल्लासका साथ दसैँ मनाएका छन् । उनीहरुले शुक्रबार मात्रै होइन दसैँ सुरु भएको घटस्थापनाको दिनदेखि विभिन्न गतिविधि गर्दै खसी सहीत काटेर दसैँ मनाएका हुन् । कैलाली कारागारमा शुक्रबार दिनभर कैदीबन्दीहरुलाई टीका लगाउने र कैदीबन्दीबाट टीका तथा जमरा ग्रहण गर्नेहरुको पनि भिड थियो ।
जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई दसैँको टीका लगाउन आफन्त गेट बाहीर लाइनमा थिए। उनीहरु पालैपालो गरेर कैदीबन्दीहरुलाई टीका लगाइरहेका थिए भने केहीले कैदीबन्दीबाट टीका ग्रहण पनि गरिरहेका थिए । कारागार भित्रै गएर टिका लगाउन पाउँदा खुसी थिइन मनु खत्री । जानेर वा अन्जानमा गरीएको अपराधको सजाय काटीरहेका कैदीबन्दीहरुका आफन्तको मनमा पीडा समेत थियो ।
घरमै बसेर परिवारसँग दसैँ मनाउने रहर भए पनि परिस्थितिले कारागारमा टीका लगाउन परेको हरिप्रिया दाहाल बताउँछिन् । उनी भन्छिन्, कारागार भित्र टिका लगाउनु पनि के रमाइलो भन्नु र, घरमा धेरै पाहुना आउँछन्, चेलिबेटीहरु आउँछन् । कति रमाइलो हुन्छ । र पनि आँखामा आँसु मुखमा हाँसो ल्याएर टिका लगायौ ।
गत वर्ष कोरोनाका कारण भेटघाट नहुँदा टीका लगाउन नपाएका कैदीबन्दीका आफन्त अहिले भेट्न पाउँदा खुसी थिए । गत वर्ष कोरोनाले टीका लगाउन पाइएन । यसवर्ष भित्रै गएर टीका लगायौँ, खुसी लागिरहेको छ एक कैदीबन्दीका आफन्त जितबहादुर दाहालले भने । गत वर्ष कोरोनाका कारण कैदीहरुले एक आपसमा टीका लगाएर दसैँ मनाएका थिए । तर यस वर्ष आफन्तबाट टीका लगाउन पाउँदा उत्साह छाएको कारागारका नाइके बताउँछन् ।
कैदीबन्दीहरुले दसैँका लागि विभिन्न ठाउँबाट खसी बोका पनि सहयोग पाएको उनले बताए । उनल भने,
बाहीरबाट पनि खसी बोका आए, हामिले पनि दसैँमा पाउने ३ सयले मिलेर ७÷८ खसी बोका ल्याएका छौँ ७ खसी र ४ बोका काटेको उनी बताउँछन् । सरकारले हरेक वर्ष दसैं खर्च प्रति कैदीबन्दीलाई तीन सय रुपैया दिँदै आएको छ। अहिले जिल्ला कारागार कैलालीमा ५ सय २ जना कैदीबन्दी छन्।











