मिन बहादुर खड्का /बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न ३ नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । शनिवार वडा कमिटी सदस्य को अध्यक्षतामा सम्पन्न भएको हो । वडा स्थित नेकपा एमालेमा आस्थावान नेता कार्यकर्ताहरुको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको छ ।
शनिवार सम्पन्न भएको वडा अधिवेशनबाट धर्मे सुनार वडा कमिटी अध्यक्ष रहने गरि ३१ सदस्यीय वडा कमिटी चयन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अथिती खप्तड छेडेदह गाउँपालिकाका इन्चार्ज एवम वडा न ३ का वडा अध्यक्ष दिपक बहादुर रावतले अधिवेशनलाई भब्य तथा सभ्यताका साथ सम्पन्न पार्नका लागि उपस्थित भएका नेता कार्यकर्ताहरुलाई धन्यवाद दिदै नेकपा एमाले पार्टी देशकै जुझारु पार्टी भएका कारण पार्टीलाई बलियो बनाउनका लागि सवै नेता कार्यकर्ताहरुले एकताबद्ध भएर अगाडि बढनुपर्ने बताएका छन ।

एमाले पार्टी गरीब जनताको मजदुर किसान र सर्वहाराको बहु प्रतिभा शाली पार्टी भएकोले जनताको जनभावनालाई कदर गर्ने वडाको बिकासका लागी अग्रभागमा रहेर खट्ने र प्रतिपक्ष संग भिड्न सक्ने वडा कमिटी चयन गर्नुपर्नेमा जोड दिएका हुन ।
वडा कमिटी सदस्य पुने लुवारको अध्यक्षतामा सम्पन्न भएको वडा अधिवेशनमा प्रमुख अथिती वडा न ३ का वडा अध्यक्ष दिपक रावत प्रमुख अथिती रहनुभएको थियो । विशिष्ट अथिती नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष नेता गोपाल बुढा लगायत नेकपा एमाले निकट नेता कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

पछिल्लो समयमा शिक्षकहरुपनी राजनीतिमा सक्रिय बन्दै गएको देखिन्छ । गाउँपालिकाको वडा न ३ मा सम्पन्न भएको प्रथम वडा अधीवेशनमा शिक्षकहरुको समेत उपस्तिथि रहेको थियो । कार्यक्रममा बोल्दै सोहि वडा भित्र रहेको त्रिबेणी आधारभूत बिद्यालयका प्रधानाध्यापक भरत रावतले वडा न ३ मा नेकपा एमाले फेरि पनि बलियो पार्टी नै रहेको दावी गरेको छन ।
अव आउने स्थानीय निर्वाचनमा नेकपा एमालेको जित सुनिश्चित रहेको शिक्षक रावतको भनाई रहेको थियो । वडामा पार्टीलाई बलियो बनाउनका लागी सवैले सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिएका छन । बिधालयमा पठन पाठन गराउने शिक्षकहरु पनि पार्टी बलियो बनाउने कुरामा जोड दिदै आइरहेको छन ।
कार्यक्रम बोल्दै २०७२ मा भएको स्थानीय निर्वाचनमा नेकपा माओवादी पार्टीबाट वडा सदस्यमा पराजय भोगेपछि नेकपा माओवादी पार्टी परित्याग गरि एमालेमा लागेका र आज सम्पन्नन वडा अधिवेशनमा बिशिष्ट अथिती समेत रहेका गोपाल बुढाले नेकपा माओवादी पार्टी सकोएपछी आफू एमाले बनेको दावी गरेका थिए ।

नेता बुढा पुर्व एमाले र माओवादी को एकता भएपछि एमाले बनेका हुन । देशभर माओवादी पार्टी नरहेको नेता बुढाको भनाई थियो । गाउँपालिका भित्र रहेका वडाहरु मध्य एमालेको किल्ला भनेर चिनीने वडा न ३ को अधीवेशन हुँदै गर्दा यो भन्दा पहिला जति बाक्लो उपस्थिति देखिन्थ्यो सोही अनुसारको उपस्तिथि भने देखिएको छैन ।
२०७२ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका वडा अध्यक्ष दिपक रावतलाई समर्थन गर्दै बहुमतका साथ बिजय गराउने मतदाताहरु अध्यक्ष रावतको संगत छोडेर पार्टी प्रवेश गरिसकेको पाइएको छ । अघिल्लो निर्वाचनमा रावतलाई साथ दिने रावत समर्थकहरुले साथ छोडेपछि अध्यक्ष रावतलाई ठूलो धक्का पुगेको देखिन्छ ।











