बाजुरा/कार्तिक,७- नेपाली काँग्रेस बाजुराका पुर्व पार्टि सभापति एबम संबिधान सभा सदस्य देबराज जोशिले आज नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाडको कार्यकक्षमै गएर भेटघाट गर्नुभएको छ । भेटबार्तामा बाजुरा जिल्लामा असोज २९देखि परेको अबिरल बर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गरेको बाढी पहिरो गएको कुरा अबगत गर्दै बिस्थापित परिवार प्रति राहात तथा उद्दारको उचित पहलका लागि कुरा गर्दै माग राख्नुभएको छ ।
नेता जोशिले लामो समयसम्म साफे मार्तडी सडक खण्ड पहिरोले गर्दा अबरुद्ध भएको कुरा समेतमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। जिल्ला हालै गएको मौरे पर्यटकिय धार्मिक क्षेत्रको क्षेति,मालागाडा जलविद्युत्मा भएको क्षति, जगन्नाथ गाउपालिकाको बाढिले बगाएको कुरा र जगन्नाथ गाउँ पालिकाको सुख्खा पहिरोले भबिष्यमा हुनसक्ने समस्या लगायतका बिषयमा कुरा राख्नुभएको थियो ।
नेता जोशिले आजै गृहमन्त्रीको कार्यकक्ष सिहदरबारमै गएर भेट्नुभएको हो । प्रतिक्रियामा गृहमन्त्री खाडले अहिलेको बाढी पहिरोबाट भएको क्षेति मानवीय तथा अन्य क्षेत्रमा सरकार गम्भीर रहेको र लगत्तै राहात तथा उद्दारका कार्यक्रम अगाडि बढाउने आश्वाशन दिनुभएको थियो ।