बाजुरा– जिल्लाको बडिमालिका नगरपालिकाका लेखापाल मनिराम खत्री र जिल्ला हुलाक कार्यालय बाजुराका लेखापाल देवी खत्रीलाई मातृ शोक परेको छ । खत्रीकी ममतामयी माता तुला देवी खत्रीको ७५ वर्षको उमेरमा गए राति निधन भएको हो ।
बाजुराको बडिमालिका नगरपालिका–७ स्थित सुन्काना आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लेखापाल खत्रीकी आमाको निधन पछि खत्री परिवार शोकमा डुवेको छ । खत्रीको सोमबार बडिमालिका नगरपालिकाको वडा नम्मर ७ चुथी लोड्याबगरमा हिन्दु परम्परा अनुशार दाहसंस्कार गरिने आफन्तले जनाएको छ ।











