
बाजुरा–नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल बाजुराले ६८औँ स्थापना दिवसको अवसरमा जिल्ला कारागार बाजुराका कैदिहरुलाई खेलकुद साम्रागी हस्तान्त्रण गरी दिवस मनाएको छ । बुधवार एक औपचारिक कार्यक्रमको आयोजनाका बिच नेपाली काँग्रेस बाजुराका पाटी उपसभापती एवम बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले उक्त खेलकुदका समाग्री कैदिहरुलाई हस्तान्त्रण गरेका हुन ।
नेपल तरुण दल बाजुराका कार्यबाहक अध्यक्ष एबम सचिव हिरेन्द्र रोकायाको अध्यक्षतामा हस्तान्त्रण गरिएको कार्यक्रममा काँग्रेस बाजुरा जिल्ला कार्यसमितीका उपसभापती एवम बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल प्रमुख अथिती रहेका थिए ।
त्यस्तै कार्यक्रममा काँग्रेस जिल्ला कार्यसमिती सदस्य गणेश थापा, देवबहादुर रोकाया, नेपाली काँग्रेस बडिमालिका नगरपालिकाका नगरसभापती गोपाल कार्की , गौमुल गाँउपालिकाका सभापती राजबहादुर धामी , जिल्ला समन्वय समिती सदस्य धन सार्की लगाएत नेपाल तरुण दल बाजुराका जिल्ला कार्यसमिती सदस्यहरुको सहभागिता रहेको थियो । भने कार्यक्रमको संचालन सहसचिव गंग कार्कीले गरेको थिए ।











