
मिन बहादुर खड्का–बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको प्रथम वडा तथा पालिका अधिवेशन सर्वसम्मत सम्पन्न भएको छ ।
गाउँपालिका भित्रका ७ वटै वडा र पालिका को अधीवेशन सम्पन्न भैसकेको छ । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा गोपाल बुढा सर्वसम्मत चयन भएका छन । त्यस्तै सवै वडा र पालिकाको अधिवेशन सर्वसम्मत चयन गरिएको अनेरास्ववियु जिल्ला कमिटी सदस्य राजेश सुनारले लोकतन्त्र बिहानी न्युजलाई जानकारी दिए । गाउँपालिकाको १ न वडा देखि ७ सम्मका वडा कमिटी अध्यक्षको नामावली यस प्रकार रहेको छ ।
वडा नँ १ –राजु रावल
वडा नँ २– मिन बहादुर शाही
वडा नँ ३ –धर्मे सुनार
वडा नँ ४– नर बहादुर बोगडी
वडा नँ ५– ध्वज बहादुर बुढा
वडा नँ ६– तुले नाथ
वडा नँ ७– देब बहादुर रावत वडा स्थित नेकपा एमालेमा आस्थावान नेता कार्यकर्ताहरुको उपस्थितिमा सवै वडा देखि पालिकाको अधिवेशन सहमतिका आधारमा चयन गरिएको छ ।
नेपाली काग्रेस को किल्ला भनेर चिनिने खप्तड छेडेदह गाउँपालिकामा अव आउने संघिय निर्वाचनमा जसरी पनि चुनाव जित्ने नेकपा एमालेले अठोट राख्दै आईरहेको छ ।
हिजो आफुले चुनाव हार्दा गाउँपालिका बिकासमा पछि परेको बताउदै आएका छन, । एता गाउँपालिका बिकासमा पछि पर्यो भनेर आरोप लगाउदै आइरहेका नेकपा एमाले निकट नेताहरूको पनि बिकासका लागी समोन्वय र सहकार्य गरेको भने देखिन्न ।
चुनाव जितेपछि मात्र बिकास गर्नुपर्छ भन्ने मनोकांक्षा साथ अघि बढेको जस्तो देखिन्छ । बिकासकामा पछि पर्यौ भनेर चिन्ता मात्र व्यक्त गर्ने तर सत्ता पक्ष संग कुनै सहकार्य र समोन्नय गर्ने नगरेको पाइएको छ । खाने मुखलाई जुगाले छेक्दैन भने जस्तै विभिन्न वाहानामा खाली आरोप लगाउनु त्यति राम्रो पक्ष भने होइन । हामि जसरी चुनाव जित्छौ भनेर दावी गर्दै आइरहेतापनि चुनावमा हार व्यहोरेपछी हाल सम्म गाँउमा एकपटक अनुहार समेत नदेखाएका नेताहरुले चुनाबको समय नजिकिएपछी गाँउमा चुनावको प्रचार प्रसार हिड्डैमा चुनाव जित्छन भनरे भन्न सकिन्न । जनताहरु हिजो जरुतै सजिलै बिश्वास गर्ने पक्षमा भने देखिन्नन् । यतिवेला नेकपा एमाले पनि जनताको बिश्वासको पात्र बनेको भन्न सकिने छैन । को साच्चिकै जनताको बिश्वासको पात्र हो भनेर र कसले चुनाव जित्छ अहिले नै एकिन गर्न सकिन्न । यसको सवै लेखाजोखा अव आउने संघिय निर्वाचनले नै गर्नेछ ।
यता नेपाली काग्रेसलाई पनि चुनाव जित्न यतिवेला त्यत्ति सजिलो भने छैन, । हिजो जस्तो मावल थियो त्यहि मावल अझ पनि छ भन्न्न सकिने अवस्था भने छैन । चुनाव जितिसकेपछी कार्यकाल बित्नै लागिसकेको छ तर जनताले ठ्याक्कै पत्याउनै लायकको कुनै काम भएको भने देखिन्न । हिजो आफ्नो अमुल्य मतदान गरेर जिताउने मतदाताहरु पनि कतिपय मर्कामा परेका छन, ।कार्यकाल बित्नै लाग्दा पनी जनताको बिश्वासको पात्र भने नेपाली काँग्रेस बन्न नसकेको जनताको गुनासो रहेको छ । फेरिपनि नेपाली काँग्रेसलाई नै जिताउनु पर्छ भन्ने आधार भने आफ्नो कार्यकालमा तयार गर्न सकेको अवस्था छैन ।
हिजो सहज ढंगले चुनाव जित्ने नेपाली काग्रेसको किल्ला भनेर चिनीने गाउँपालिकामा अब भने चुनाव जित्न अथक प्रयास गर्नुपर्ने नै देखिन्छ । पछिल्लो समयमा नेपाली काँग्रेसको मावल केही बिग्रीएतापनी नेकपा एमालेले निर्वाचन जित्न अथक प्रयास गर्नुपर्ने देखिन्छ । यतिवेलाको मावल हेर्ने हो भने निर्वाचन जित्न त्यति सजिलो भने छैन ।
तर यतिवेला युवा पिडित हिजोका दिनहरुमा जसरी पार्टीको समर्थन गरेर नेतृत्व चयन गर्ने पक्षमा भने छैनन यतिवेला युवाहरूको जनभावना पार्टीगत बिचारबाट बाहिरिएर कुशल सक्षम नेतृत्व चयन गर्ने पक्षमा देखिन्छन । बिगतमा जसको किल्ला भनेर चिनिने वडा अथवा गाउँपालिका भएपनी त्यही पार्टीले फेरिपनी निर्वाचन जित्छन भन्न सकिने अवस्था छैन ।
युवाहरु हाम्रो भन्दा पनि राम्रो नेतृत्व चयन गर्ने भनाई रहेको छ । छेडेदह गाउँपालिकाको समग्र बिकास र आमूल परिवर्तन का लागि तेरो पार्टी मेरो पार्टी नभनी छेडेदहको बिकासका लागि अहोरात्र खट्ने ,छेडेदह बासिका जनभावनाहरुलाई कदर गर्ने ,बिकासमा पछाडि धकेलिएको गाउँपालिकालाई बिकासको गतिमा अगाडि लैजाने ,पार्टी भन्दा पनि गाउँपालिका बासिको हितका लागि लड्न सक्ने नेतृत्व चयन गर्न पछि नहट्ने युवाहरू बताउन्छन ।
तर साच्चिकै कुशल सक्षम जुझारु र चुन्नै लायकको नेतृत्व कुनै पनि पार्टीमा नभएकोले युवाहरू चिन्ता व्यक्त गर्दै आईरहेका छन । सकेसम्म युवा पुस्ताले नै नेतृत्वमा आउनुपर्ने र छेडेदहका नेता गणहरुले युवा पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने र छेडेदहको बिकासका लागि युवा नेताको खाचो रहेको युवाहरूको भनाई रहेको छ ।











