राम बहादुर दानी- पौरखी बिकास सञ्चार सहकारी सँस्था लि. का लेखापाल सुरेश कठायतलाई आईतबार विदाई गरेको छ । बिगत लामो समय दखि लेखाको कामकाज गर्दै आएका कठायतलाई सम्मान पत्र सहित बिदाई गरेको हो ।
४ बर्षको समय सम्म सहकारीको काममा इमानदारी पुर्वक कामकाज गरेको सँस्थाले उच्च कदर गर्दै आईतबार बिदाई गरेको हो । बिदाई कार्यक्रममा सँस्थाका अध्यक्ष रामचन्द्र उादब, सदस्यहरु र रेडियो बुढीनन्दाका स्टेसन मेनेजर नहकुल जोशी लगायतको उपस्थिति रहेको थियो । लेखापमल कठायतले आफ्नै गाउको विद्दालयमा नाम निकालेका थिए ।











