राम बहादुर दानी/बाजुरा- दिपावलीकाे साँईत जुराएर नेपाली काँग्रेस गौमुल गाँउ कार्य समितिको आयोजनामा शुभकामना आदान प्रदान तथा चियपान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस गौमुल गाँउ कार्य समितिका अध्यक्ष राज बहादुर धामीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस बाजुराका सभापति रामसिँह रावल रहनु भएको थियो । कार्यक्रममा उपसभापति बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल र उपप्रमुख नेतृ कविता बिष्ट विशिष्ट अतिथी रहनु भएको थियो ।
त्यस्तै युवा नेता बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावल, नेपाली काँग्रेस बडीमालिका नगरपालिका नगर कार्य समिति सभापति गोपाल बहादुर कार्की, प्रदेश (ख) सह -सचिव महेन्द्र रावल, प्रतिनिधी पार्वती जोशी (हमाल) लगायत शिर्ष नेताहरु अतिथी रहनु भएको जानकारी गाउँ कार्य समिति सचिव अर्जुन बाेहराले दिएका छन ।
कार्यक्रमको सञ्चालन सचिव अर्जुन बोहराले गरेका थिए । शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको गाँउकार्य समिति सभापति राज बहादुर धामीले बताएका छन ।
शुभकामना आदान पर्दान कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै जिल्ला कार्य समिति सभापति रामसिँह रावलले नेपाली काँग्रेस सबैलाई ऐकबद्द बनाएर लैजाने पार्टी भएकोले सातौ जिल्ला अधिवेशनबाट जनताका भावना र गुनासाहरुका सुनुवाई गरि सबैलाई एकताको सुत्रमा वाँधेर लैजाने कुरामा सबैलाई बिश्वास दिलाएका थिए । प्रमुख अतिथी रावलले विगतका राजनितिक गल्तिहरुलाई औल्याएर लैजाने आफुमा सामर्थ्य भएकोले अरुको मन दुख्दा आफ्नै मन दुख्ने भएकोले सबैको चित्त बुझ्ने गरि यो पाटी त्यो पाटी यो पक्ष त्यो पक्ष केही नभनी बाजुरेली जनतालाई दुबै आखाको समान दृष्टिले हृर्ने बताएका छन ।
कार्यक्रममा शुभकामना मन्तब्यमा बोल्ने अधिकाँश नेताहरुले नेपाली काँग्रेसमा कुनै पनि नेता तथा कार्यकर्तामा कालो मन नभएकोले यो त्यो नभनी सबैलाई एकताको सुत्रमा बाँनेर लैजाने बताएका छन । त्यस्तै शुभकामना आदान प्रदान कार्यक्रमले सबैको सुख दुख वाँड्ने साँईत जुरेकोले सबैका गुनासाहरु एकले अर्कोलाई पोख्ने मौका दिएको बताएका छन । कार्यक्रमको समापन सँगैका शुभकामना मन्तब्यमा गाउँ कार्य समिति सभापति राज बहादुर धामीले गौमुलमा आफ्नो कार्यकालमा चाहे जो जुन सँगठनमा रहे पनि सबै गाँउपालिका बासीहरुको साथमा रही सबै गौमुल बासीहरुलाई समान न्याय दिनमा आफु लागि पर्ने बताएका छन ।