बाजुरा– युमेन काईन्ड युकेको आर्थिक सहयोग र टेवा नेपाल महिला विकास मंच बाजुराको आयोजनामा बडीमालिका नगरपालिका भित्रका ३० जना महिलाहरुलाई ब्यबशाय संचालनका लागि रु ३० हजार आर्थिक सहयोग गरिएको छ । समान्तकृत महिलाहरुको आवाज तथा सहभागीताका लागि नगरपालिका स्तरिय निर्वाचित महिला र बिभिन्न समुहका महिलाहरुलाई व्यवसाय गर्नका लागी आर्थिक सहयोग वितरण कार्यक्रम हिलटप होटेलमा सम्पन्न भएको हो ।

सहयोग हस्तन्तरण कार्यक्रमको अध्यक्षता महिला मंच बाजुराकी अध्यक्ष जुना दानी रहनु भएको थियो भने प्रमुख अतिथी बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहनु भएको थियो । कार्यक्रममा टेवा नेपाल काठमाण्डौ कार्यक्रम प्रवन्धक प्रित शाह, टेवा नेपाल काठमाण्डौका लेखा प्रवन्धक अमिता ताम्राकार, जिल्ला पशु पशु प्राविधिक भिम बहादुर दानी श्री नेपाल पत्रकार महासंघ बाजुराका निवर्तमान अध्यक्ष प्रकाश सिंह, लोकतन्त्र विहानी न्यूजका संचालक राम बहादुर दानी, रेडियो बानुराकी समाचार सहायक सरिता नेपाली र रेडियो पौरखीका प्राविधिक प्रमुख जनक बोहरा अतिथी रहनु भएको थियो ।

कार्यक्तमको संचालन महिला बिकास मंच बाजुराकी कार्यक्रम संयोजक उजा बिष्टले गरेकी हुन । नगरपालिका भित्र रहेकी समान्तकृत, नगरपालिका स्तरिय निर्वाचित महिला र बिभिन्न समुहका महिलाहरुको पनि उपस्थिति रहेको थियो । बिषेशतः यस कार्यक्रम मार्फत उपलब्ध गराएको रकमले बिभिन्न समुह तथा फर्मबाट ब्यबसाय संचलन गरी स्वालम्वी मनाउन मुख्य यद्देश्य रहेको छ ।












