बाजुरा पौष ७ ः कैलालीमा मल बोकेको ट्रक पल्टिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नँ १ सुखडमा मल बोकेको ट्रक पल्टिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पुर्वबाट पश्चिमतर्फ गइरहेको लु २ ख ६०४ नम्बरको ट्रक बुधबार बिहान साढे तीन बजे दोदा पुल नजिक पल्टिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार ट्रक चालक भेटिएका छैनन भने उनी को हुन भन्ने खुलेको छैन । यस विषयमा थप अनुसन्धान गरिरहेको उनले बताए ।











