बाजुरा– जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कने स्थायी घर भएका राम बहादुर रोकायाको ट्याक्टर दुर्घटना मृत्यु भएको थियो । मृत्यु भएका रोकायाका तिनवटा छोरा छोरीको अवस्था विचल्ली भएको छ । ४ बर्ष अगाडी बुवाको ढम्कने मै ट्याक्टर दुर्घटनामा परि मृत्यु भए पछि उनका तिन छोराहरुको शिक्षा दिक्षा र पालण पोषणमा समस्या आएको निजकी श्रीमति रमिता राकाया बताउछिन ।
कमाएर केटाकेटी पाल्ने एउटै श्रीमान थिए हामीलाई छोडेर गएको ३ बर्ष भयो तिन छोराहरु बिचल्लीमा छन उनी देखेसो गर्छिन । रमिताका तिन छोराहरु मध्ये १० बर्षको जेठो छोरा जन्म देखि नै अपाँङ्ग भएर हिँडडुल र बोलचाल गर्न नसक्ने अवस्थामा भएकोले आफुलाई निकै दुख परेको रमिता बताउछिन ।
उनका दुइ छोराहरु त स्थानिय स्कुलमा जाँन्छन तर किताव कापी र कपडा किँन्न उनलाई निकै कठिन भएको छ । त्यस्तै जन्म देखि नै बोल्न, हिँड्न र कुँनै पनि सरिरका अँगहरु चलाउन नसक्ने १० बर्षिया छोरा प्रवेश रोकायालाई कहिकतै अपाङ्ग बिद्यालयमा लेखपढ गर्न सहयोगका लागी निज रमिताले आग्रह गरेकी छन ।











