
बाजुरा– तेस्रो नगर नमुना युवा संसद स्थापना र अभ्यास कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै बडीमाालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्षले आफु नगर प्रमुख भए नगर भित्रका युवाहरुलाई युवा लक्षित कार्यक्रम ल्याउने कुरामा जोड दिएका छन ।
माघ २ गतेबाट सचालन भएको कार्यक्रम आज सम्पन्न भएको हाे । समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष रावलले आफु युवाको नेता भएकोले गाँउगाँउमा युवाहरुलाई उद्यमी, स्वरोजगार र युवाहरुलाई लोकसेवा आयोगमा तयारी गराउन उत्प्रेरित गराई रोजगारमुलक समाजको निर्माण गर्ने कुरामा जोड दिएका हुन ।
कार्यक्रममा आफ्नो मन्तब्य राख्दै वडा अध्यक्ष रावलले एक घर एक रोजगार एक युवा एक उद्यमी तथा ब्यबसायीको निति अगाडी सार्ने बताएका छन । समापन कार्यक्रममा आफु जतिखेर पनि युवाको पक्षमा रहेकोले युवाहरुले आफुले हिड्ने बाटोको पहिला नै सुनिश्चित गरेर हिड्न पनि युवाहरुलाई अनुरोध गरेका थिए ।












