राम बहादुर दानी
बाजुरा जिल्लाको सदरमुकामा मार्तडीमा विद्युत नियमित नभएको भन्दै मँगलबार सेवा ग्राहिहरुले आन्दोलोन गरेका छन । बिगत २०६८ सालमा नेपाल बिद्दुत प्राधिकरणबाट २० वर्षका लागि बाजुरा साना जलबिद्दुत त्रवेणी सहकारी सँस्थाले लिजमा लिने गरि सम्झौता गरेको थियो । त्रवेणीले लिजमा लिएको १३ बर्ष पछि ग्रहाक सँख्या बढेको भन्दै दिनमा ८ घण्टा लोडसेटिङ गर्न थालेपछि जिल्लाका बिभिन्न सँगठनहरुद्वारा बिगत केहि दिन देखि ज्ञापन पत्र बुझाउदै आएका थिए । ज्ञापनपत्रको सुनुवाई नगरेको भन्दै मँगलबार राजनैतिक दल, बजार व्यवस्थापन समिति र उपभोक्ताहरुले सँयुक्त रुपमा आन्दोलोनका कार्यक्रमहरु घोषणा गर्दै अगाडि सारेका थिए ।

पहिलो चरणको आन्दोलोनमा मैनबत्ति र हातमा लाल्टिन तथा प्लेकार्ड सहित नारा जुलुस सहित मार्तडी बजारमा आन्दोलोन सुरु भएको थियो । यसैक्रममा आक्रोसित आन्दोलोनकारीले त्रिवेणी साना जलबिद्दुत केन्द्रको कार्यालयमा तालाबन्दी गरे पछि प्रहरी र आन्दोलोनकारीहरु विच झडप भएको छ । दोहोरो झडपमा प्रहरीले दमन गर्दै बन्दुकको कुन्दाले हिर्काए पछि एक आन्दोलोनकारीका दुई वटा दाँतहरु झरेका छन । दाँत झर्नेमा गौमुल गाँउपालिकाका व्यापारी भिम बहादुर बोहरा रहेका छन । दोहोरो झडपमा ७ जना आन्दोलोनकारीहरु घाईते समेत भएका छन ।
नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाईन जिल्लामा पुगि सक्दा पनि बाजुरेली जनताले भने दैनिक ८ घण्टा लोड सेटडिङको मार खेप्नु परेको भन्दै सेवाग्राहि हरुले आन्दोलोनका कार्यक्रमहरु अगाडि सारेका हुन । यसै समस्यालाई मद्दनजर गर्दै जिल्लाका सरोकारवाला निकाय, नेपाल विद्दुत प्राधिकरण केन्द्र वाजुरा र त्रिवेणी साना जलबिद्दुत विच पटक पटक बैठक बसेर विभिन्न निर्णय गरेता पनि कार्यन्वयन नभएर अध्यारोमै बस्न बाध्य भए पछि आन्दोलोन सुरु भएको हो । त्रिवेणीले लिज तोड्ने कि विद्दुत सेवा नियमित सुचारु गर्ने भन्ने विषयमा ठोस निर्णय त्रिवेणीले लिन नसकेको र कुनै पनि जवाफ नदिएको जिल्लाका सरोकारवाला निकाय र सेवा ग्राहीहरुको गुनासो रहेको छ ।
लिज तोड्ने वा आफुले धान्न सक्ने भन्दा बाहेकको नेपाल विद्दुत प्राधिकरणलाई त्रिवेणीले जवाफ नदिदा बाधक त्रिवेणी नै रहेको ठम्याई छ । उता त्रिवेणी साना जलबिद्दुतले भने हाल सम्म काम गर्दै आएका आफ्ना कर्मचारीलाई बिद्दुत प्राधिकरणले जिम्मा लिनु पर्ने, आफुले निर्माण गरेका भौतिक सँरचनाहरुको लागत दिनु पर्ने र आफ्नो अन्य लागत दिए पश्चात् लिज तोड्न सक्ने बताएको छ । विद्दुत सेवा नियमित नभए थप धर्ना, चक्काजाम, तालाबन्दी र अरु कडा कार्यक्रमका साथ आन्दोलोन अगाडि बढाउने सेवाग्राहीहरुले चेतावनी दिएका छन ।












