बाजुरा– जिल्लामा एकै दिन २२ जनामा ओमिक्रोन भाइरस कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार ४७ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा २२ जनामा ओमिक्रोन भाइरस कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुरा जनाएको छ ।
विश्वमा महामारिका रुपमा फौलिएसँगै बाजुरामा पनि दिन प्रतिदिन ओमिक्रोन भाइरसका विरामीको संख्या बढ्दै गइरहेको देखिन थालेका छन् । पछिल्लो समयमा बाजुरामा ओमिक्रोन भाइरस कोरोना पोजेटीभ देखिएका व्यक्तीहरु बजारमा घुमिरहेको छन ।
यसले गर्दा दिन प्रतिदिन ओमिक्रोन भाइरस कोरोनाका विरामी बढ्दै गइरहेका छन् । आज गरिएको ओमिक्रोन भाइरसको परिक्षणमा पोजेटिभ देखिएका २२ जना लगाएत बाजुरा २ सय २६ जना संक्रमित रहेका छन ।
आज ओमिक्रोन भाइरस कोरोना पोजेटिभ देखिएका मध्ये सबै भन्दा बढी बुढीनन्दा नगरपालिकामा १६ जना रहेका छन् भने गौमुल गाउँपालिकामा ५ जना र बडिमालिका नगरपालिकामा १ जनामा कोरोेना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।











