
रेडियो बुढिनन्दा कोल्टि बाजुरा
बाजुराको हिमालि गाउँपालिकामा वडा नं एक नेटामा सार्बजनिक बहस कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं १,२,३ को २०७४ देखि २०७९ सम्म गाउँपालिकाले गरेका गतिबिधि र विकास निर्माणका कार्य सम्बन्धि जनतासंग पाँच बर्षे अध्यक्ष सार्बजनिक बहस कार्यक्रम सम्पन्न भएको हो । वडा नं एकका वडाअध्यक्ष लालजित थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल प्रमुख बक्ता रहनुभएको थियो । आज सम्पन्न सार्बजनिक बहस कार्यक्रममा प्रमुख जिल्ला अधिकारि उपेन्द्र राज पौडेल , डिएसपी चतुर्भुज ओझा , गाउँपालिकाका उपाध्यक्ष चन्दा्रदेबि बुढा , निमित्त प्रमुख प्रसासकिय अधिकृत राज बहादुर भण्डारी , तिन वटै वडाका प्रमुख एबम् प्रतिनिधि , कर्मचारि , पत्रकार लगायत स्थानियको उल्लेखनिय सहभागिता रहेको पत्रकार महेश कार्किले जानकारि दिनुभएको छ । जनताले प्रश्न गर्ने र त्यसको जबाफ त्यहाँ उपस्थित बक्ताहरुले दिदै कार्यक्रम सम्पन्न भएको हो ।
जनताले उठाएका प्रश्नको जबाफ दिदै गाउँपालिकाका अध्यक्ष मल्लले आफुले पाँच बर्षे कार्यकालमा गरेका कामहरुको बारेमा जानकारि दिदै प्रस्ट पार्नुभयो । वडा नं १,२,३ खाद्यको समस्याका साथै खाद्य डिपो र नुन डिपो कार्यालय टाढा भएको भन्ने जनताको प्रशनको जबाफ दिदै प्रमुख जिल्ला अधिकारि पौडेलले जिल्ला पुग्ने बितिक्कै खाद्य तथा नुन डिपो कार्यालयसंग समन्वय गरेर तत्कालै समस्याको समाधान गरिने प्रतिबद्धता जनाउनुभएको छ । त्यसैगरि जनताले गरेका प्रश्नको जबाफमा निमित्त प्रमुख प्रशासकिय अधिकृत भण्डारिले वडा नं १,२,३ भित्रका योजनाहरुको विवरण पेश गर्दै निर्माणाधिन रहेका सबै योजनाहरुको तत्कालै सम्पन्न गरिनेमा जोड दिनुभयो । पत्रकार महेश कार्किले सहजिकरण गर्नुभएको कार्यक्रममा स्थानियको बाक्लो उपस्थिति रहेको बताईएको छ ।











