युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
129 पटक पढिएको

Open photo

बाजुरा – जिल्लाको बुढिगंगा नगरपालिका वडा न .४ स्थायी घर भएकी नेपाली कांग्रेसकी महिला युवी नेतृ रिता शाहीले पेशाले आफू स्वास्थ्यकर्मी रहेकोले निस्वार्थ भावनाले राजनीतिमा होमिएको बताएकी छन् ।साथै शाहीले एक मुठी सास रहेसम्म जनताको सेवा गर्ने आफ्नो चाहाना रहेको बताइन् ।आसन्न स्थानिय निर्वाचनका नेपाली कांग्रेसको तर्फबाट नगर उपप्रमुखकी उम्मेदवार रहेकी शाहीले संचारकर्मी संग कुराकानी गर्दै भनिन् म निस्वार्थ भावनाले राजनीतिमा लागेकी हैन । पैसा कमाउनका लागि पनि मैले राजनीति यात्रा सुरु गरेकि होइन । राजनीतिमा लागेर समाजको बिकास र परिवर्तन गर्ने मेरो चाहाना हो । पेशाले म स्वास्थ्यकर्मी हु मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । म लामो समय देखि समाज सेवा गर्दै आएकि छु । मलाई मेरो बुढीगंगाको मुहार फर्नुछ । समाजको बिकास र परिवर्तन दिन दुखीहरुका दुखेका घाउहरुमा मलमपट्टी लगाउनु नै मेरो जिवनको लक्ष हो ।

Open photo

सानै देखि कला साहित्य अनि संगीतलाई माया गर्ने शाही साहित्यकार समेत हुन ।शाहीका थुप्रै साहित्यिक कृतिहरु बजारमा उपलव्ध छन् यतिमात्र होइन शाही सानैदेखि समाज सेवामा पनि त्यत्तिकै चासो राख्ने गर्थिन् । शाहीले सानैदेखि चासो राख्दै आएकी सामाजसेवालाई पेशाले स्वास्थ्यकर्मी भैसकेपछी पनि छोडिनन् । शाहीले आफ्नो समाजसेवालाई थप निरन्तरता दिइन र अन्ततः शाहीले समाजसेवाकै लागि भनेर पेशा समेत छोडिनन् । लामो समय देखि समाजसेवा गर्दै आएकी शाहीले पछिल्लो समयमा राजनीतिमा आउने निधो राखिन । नेपाली कांग्रेसको १४ महाधिवेशनबाट शाहीले खुला राजनीति यात्रा प्रारम्भ गरिन । शाही त्यो भन्दा अगाडि नेपाली कांग्रेसको भातृ संघ संगठनमा आवद्ध भैई नेतृत्व सामालदै आएकी थिइन् । उनले राजनीति यात्रा मात्र प्रारम्भ गरिनन सुरुमा नै नेपाली कांग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि समेत बनिन् । साच्चिकै शाही जत्तिको महिला नेतृ नेतृत्वमा आउनु बाजुरा वासिका लागि नै सुखदुः बिषय हो ।

नेपाली कांग्रेसमा एउटा इटा थपिएको महसुस कांग्रेसी जनहरुले गरेका थिए । शाही राजनीतिमा लागेपछि नेपाली कांग्रेसमा थप बलियो आधार तयार भएको थियो । शाही यतिवेला बुढिगंगा नगरपालिकाका लागि नेपाली कांग्रेसको तर्फबाट नगर उप प्रमुखकि उम्मेदवार समेत रहेकी छन् । नेपाली कांग्रेसको तर्फबाट नगर उपप्रमुखकी उम्मेदवार रहेकी रिता शाही जिल्ला भित्र मात्र नभई जिल्ला बाहिर पनि उत्तिकै परिचित छिन् । नेतु शाही राजनितिमा लाग्नु भन्दा अघि निरन्तरर समाजमा रहेका गरिव विपन्न असाय असक्तहरुको सेवामा समर्पित थिइन उनले आफ्नो समाज सेवालाई राजनितिमा लागेपछी थप निरन्तरता दिदै आएकी छन् बुढिगंगा नगरपालिका का लागि शाही जत्तिकै महिला नेतृ अन्त कतै खोज्न जानुनपर्ने उनका समर्थक युवा बिद्यार्थी नेता रुगम रावलले बताउन्छन् । शाहीकी प्रतिसपर्धि नेृकपा एमनलेबानट २०७४ को निर्वाचनमा तनरन थनपन खाती संग पराजित भर्एकी मायाँ कुँवर रहेकी छन् । बलियो महिला उम्मेदवारका रुमपमा रहेकी शाहीलाई पराजित गरेर चुनाव जित्न भने एमाले बुढिगंगाका लागि चुनौतिको बिषय रहेको नेपाली कांग्रेसका नेताहरुको भनाई छ ।

Open photo

को हुन त नेतृ शाही कस्तो छ शाहीको राजनिति पुष्ठभुमि

हुन त शाहीलाई नचिन्ने प्राय कमै होलान पेशाले शाही नर्स रहेकी शार्ही नेपाली कला र साहित्यको क्षेत्रमा निरन्तर कलम चलाउने एक प्रखर साहित्यकार समेत हुन । रिता ती मान्छे पनि हुन जो एकछाक खान लाउन नपाएका हरुका लागी उनी आहारा ,बिरामी भएर अस्पतालको बेडमा छ्ट्पटाई रहेका बिरामी हरुका लागी औषधि, बेसाहाराहरुका लागि साहारा बन्दै आइरहेकी छन । जसले बाजुरा जिल्लाका गरिव बिपन्न बर्गका बालबालिका ,महिला, अपांग असाहे उत्पीडितहरुका घाउहरुमा मलम पट्टी लाउन सफल समाजसेवीका नामले परिचित छिन् । , अभियान्ता शाही साहारा बिहिनका लागि साहारा मात्र बनेकी छैनन् मृत्युको मुखमा पुगेकाहरुलाई नयाँ जीवन दिन सफल सफल भएकी छन । ।जसको नामै काफी छ जो बाजुरेली जनताको मन मुटुमा छन । जसले बाजुरेली जनताका लागि गरेको उल्लेखनीय योगदान प्रसंसनिय छ ।जहाँ समस्या उत्पन्न हुन्थ्यो त्यहा सवैभन्दा पहिला शाही पुग्थीन ।

शाही राजनीति आईसकेपछी शाहीका समर्थकहरुले जिज्ञासा् गर्न थालेका छन । के शाहीले राजनीतिमा नेता बनिसके पछि पनि पहिला जस्तै काम गर्लीन त यो कौटुहल्ताको बिषय बनेकोे छ ।नेता बनिसकेपछि कसले राम्रो काम गर्छन भनेर एकतर्फी कुराकानी पनि चलिरहेको छ ।तर एता सानै उमेर देखि समाज सेवामा समर्पित हुदै आएकी शाहीले यो बिषयमा बोल्दै आफू हिजो पनि जनताको सेवामा समर्पित थिए आज पनि छु र भोलि पनि रहने बताएकि छन । म नेपाली कांगे्रसमा आस्था पहिला देखि नै राख्थे मैले बिद्यार्थी उमेरमा हुदा जनकल्याण मा.वि मा ४ बर्ष सम्म ने। बि संघकी अध्यक्षमा रहेर काम गरेकी थिए । त्यो भन्दा पछी मैले प्रतक्ष ढंगबाट राजनिति गरेन । म बिभिन्न समयमा अप्रतक्ष रुपमा पार्टीका लागि योगदान दिदै आएकी छु । मैले समाज सेवा गरेपनि राजनितिमा सानै देखि रुचि राख्दै आइरहेकी थिए । हिजो अप्रत्यक्ष रुपमा जनताको सेवा गर्थे भने अव एक अशल नेतृ बनेर जनताको सेवा गर्ने र समाजको बिकास र परिवर्तनका लागि योगदान दिने मेरो उदेश्य रहेको छ ।

राजनीति गर्नेले राम्रो कान गर्न सक्दैनन् भन्ने छैन । कहिलेपनि राजनीति नराम्रो हुदैन राजनीति गर्ने मान्छे गलत हुन्छन । सबै कुरा ब्यक्तिको आचरणमा भर पर्छ म पदको लोभ लालचको राजनीति भन्दा पनि जनताको हित र समाजको बिकास हुने खालका काम गर्ने प्रत्यत्न गर्नेछु । एतिबेला मैले बुढिगंगा नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी छु । सबैले मलाई सहयोग गर्नुहुन्छ भन्ने कुरामा त म बिश्वस्त छु । सम्बन्धित सबैले सहयोग गरिदिन हुन अनुरोध गर्दछु उनले भनिन् ।

शाही अव साहित्यकार र समाजसेवी मात्र रहिनन् बाजुराले खाजेजस्तै,बाजुराका लागि सुहाउने, बाजुराकी एक आषा अनि भरोसाकी महिला नेतृ पनि बनेकी छन । एक कुशल कर्मठ र इमान्दार मात्र नभई नेपाली कागे्रस पार्टीका लागि ठुलो योगदान दिने एक महिला नेतृ भएर पार्टी बलियो बनाउनका लागि मात्र नभएर समाजको बिकास, महिलाहरुका सवालहरुलाई उठान गर्ने, महिलाहका समस्याहरुलाई समाधानका लागि पहल गर्ने, समाजमा पिछडीएका बर्गहरुको साहारा,साहस बन्ने, समग्र समाजको बिकास र जनताका जनभावनालाई कदर गर्ने, र समाज परिवर्तनका लागि सधै अग्रभागमा रहेर खट्ने अवको लक्ष रहेको शाहीको भनाई रहेको छ । शाहीले उपमेरमा टिकट पाएपछी उनका समर्थकहरुभने यतिवेला उनको प्रचार प्रसारमा जुटेका छन्। नेतृत्वमा शाही जत्तिकै सक्षम नेतृत्व गर्ने महिला नेतृ खोजेपनि नपाइने उनका समर्थकहरुले बताउदै आइरहेका छन् ।यसकारण शाही बलियो अनि अव्वल उम्मेदवार हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!