बाजुरा- कुल १०,८७२ मतदाता रहेको बुढीनन्दा नगरपालिकामा मत गणना जारी रहेको छ । जसमा पुरुप मतदाता ५६७० र महिला मतदाता सँख्या ५२०२ रहेको छ भने १० वटा वडा र १० वटा मतदान केन्द्र रहेका छन । अहिले सम्म बुढिनन्दा नगरपालिकाका वडा न १,२,३,५, र ८ बाट मत गणना गरि रहदा मेयर पदमा नेकपा एमालेका तर्फवाट उम्मेद्वार जनक बोहरा अग्र स्थानमा रहेका छन ।
बोहराले २,१६९ म ल्याएर अग्र स्थानमा रहेका छन भने उनका प्रतिस्प्रधी नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार पदम कुमार गीरीले १,८८८ मत ल्याएर उनलाई पच्छ्याई रहेका छन ।
त्यस्तै उप प्रमुख पदका लागि नेपाली काँग्रेसको तर्फबाट रिता सिँहले १,९५४ मत ल्याएर अग्र स्थानमा छन भने उनका प्रतिस्प्रधी स्वतन्त्र उम्मेद्वार राम बहादुर बोहराले १७३२ ल्याएर पच्छ्याई रहेका छन । बुढीनन्दा नगरपालिकामा यस्तै अनुपातमा हो भने नेकपा एमाले मेयरमा र नेपाली काँग्रेस उपमेयरमा जित्ने सम्भावना देखिन्छ । नेता गीरी २०७४ सालको स्थानिय तहमा निर्वाचित मेयर हुन भने नेता बोहरा २०७४ सालको स्थानिय तह निर्वाचनमा पराजित भएका थिए । त्यस्तै नेपाली काँग्रेसको तर्फबाट उपमेयरकी उम्मेद्वार रिता सिँह पनि २०७४ सालको स्थानिय तह निर्वाचनमा नेकपा एमालेकी सृष्ठी रेग्मीसँग पराजित भएकी थिन भने स्वतन्त्र उम्मेद्वार राम बहादुर बोहरा २०७४ सालको स्थानिय तह निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका थिए ।
२०७४ सालको स्थानिय तह निर्वाचनमा मेयर र उपमेयरमा पराजित दुबै जना बोहरा र सिँह मेयर उपमेयरमा जित्ने सम्भावना देखिन्छ । साँच्चिकै यस्तो नतिजा आउने हो भने जनताहरु निर्णायक र मुल्याङ्कन कर्ता रहेको सावित गर्न सकिन्छ ।











