बाजुरा– बुढीनन्दा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनक कुमार बोहरा विजयी भएका छन् । बोहराले ५,११५ मत ल्याएर उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका पदम कुमार गिरीलाई पराजित गरेका हुन । नेपाली काँग्रेसको तर्फबाट मेयर पदका उम्मेद्वार पदम कुमार गीरीले ३,२७१ मत प्राप्त गर्दै पराजय भोगेका हुन । मेयर पदमा निर्वाचित बेहराले गीरीलाई १,८४४ को फराकिलो मतान्तरमा पराजित गरेका थिए । पराजित गीरी २०७४ सालको स्थानिय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट नेकपा एमलेका हालका निर्वाचित मेयर जनक बोहरालाई पराजित गरी निर्वाचित भएका थिए ।
त्यस्तै उप–प्रमुखमा स्वतन्त्र उम्मेदवार राम बहादुर बोहरा विजयी भएका छन् । उनले ४,०७७ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसको तर्फबाट रीतादेवी सिहंले ३,६७७ मत ल्याएर पराजित भएकी छन । स्वतन्त्र उम्मेद्वार बोहराले ४०० को मतान्तरले पराजित भएकी छन । पराजित सिंह २०७४ सालको स्थानिय तह निर्वाचनमा नेकपा एमलेबाट निर्वार्चित उपमेयर सृष्टी रेग्मीसंग पनि पराजित भएकी थिईन । जिल्लाको बुढीगंगा नगरपालिकामा भने मतदान स्थगित भए पश्चात निर्वाचनको तिथी तय नहुँदा अन्यौलमा रहेको छ ।











