बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको बुढिनन्दा नगरपालिका मा ८ जना कार्यपालिका सदस्यहरुलाइ सपत ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको बुढिनन्दा नगरपालिका मेयर जनक कुमार बोहराले बताउनु भएको छ ।
नगरपालिका भएको निर्वाचनबाट नेकपा एमाले पाटी बाट भरत बहादुर वि.क., हिक्मत वड, जनक कुमार भण्डारी, मुन वि.क., राजु रेग्मी, सोविता रोकाया, जनदेवि बोहरा, ठुमरा दमाई सहित कार्यपालिका सदस्य चयन भएका हुन् । कार्यपालिका सदस्यमा नेकपा एमाले तर्फबाट ८ जना कार्यपालिका सदस्य छनोट गरिएको बुढिनन्दा नगरपालिका कार्यालय कोल्टीले जानकारी दिएको छ ।
नगरपालिका मेयर, उपमेयर, वडाअध्यक्ष लगायतका सदस्यहरुले मतदानबाट कार्यपालिका सदस्य चयन गरिने प्रक्रिया छ । बैशाख ३० गते भएको निर्वाचिनमा दुई पक्षीय प्रतिस्पर्धा भएको थियो । बुढिनन्दा नगरपालिका नेकपा एमाले तर्फबाट ३६ जना र नेपाली काङ्ग्रेस तर्फबाट १५ जना र उपमेयर स्वतन्त्र बाट १ जना नव निर्वाचित जनप्रतिनिधि भएका छन् ।











