बाजुरा- बाजुराको स्वामिकार्तिक खापर गाउपालिकामा विश्व खाद्य कार्यक्रम सहयोगमा र आइ.डि.एस. नेपाल संस्था बाजुरा द्रारा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको पालिका स्थरीय २ दिने तालिम सम्पन्न गरिएको छ।
बिधालय स्वास्थ तथा पोषण कार्यक्रम प्रमुख अथिती स्वामिकर्तिक खापर गाउँपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख दिपक शाही र स्वास्वथ्य प्रतिनिधी कमल कट्टेल र एकिकृत विकास समाज नेपालका जिल्ला संयोजक प्रेम खनाल , गाउँपालिका भरीका बिधालय प्रधानाध्यापक तथा स्वास्थ फोकल शिक्षेकहरुको सहभागितामा तालिम सन्चालन गरिएको छ।
स्वामिकर्तिक खापर गाउँपालिका युवा खेलकुद तथा शिक्षा शाखाको आयोजना र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा र आइ.डि.एस. नेपाल संस्था बाजुराको सहजीकरणमा स्वामिकर्तिक खापर गाउँपालिका भरीका २५ वटा बिधालयका प्रधानाध्यापक तथा बिधालय फोकल प्रशन हरुलाइ बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको पालिका स्थरीय २ दिने तालिम संचाल गरिएको हाे।
उक्त तालीमलाई एकिकृत विकास समाज नेपालका जिल्ला संयोजक प्रेम खनालले सहजीकरण गरिरहनु भएको छ।
विश्व खाद्य कार्यक्रम को सहकार्य र एकिकृत विकास समाज नेपाल को सहजीकरणमा स्वामीकार्तिक खापर गाउँपालिका मा रहेका २५ वटा सामुदायीक विधालयका स्वास्थ्य सम्पर्क व्याक्ती र प्रधानाध्यापक कार्यक्रम मा शिक्षा र स्वास्थ्य का रणनैतिक उदेश्य र प्राथामिक उपचार वाकस शारिरक चेक जाच का विषयमा छलफल गरिएको भिम पाण्डेले बताएका छन।











