बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न . ४ गुईवन बस्ती २०५६ साल देखि पहिरोको उच्च जोखिममा छ । हरेक बर्ष पहिरोले जमिन कटान हुँदै गएको छ । गुईवनका करिव ५० घरदुरी पहिरोको उच्च जोखिममा रहेका छन । बर्षातको समय सुरु भएपछि कुन दिन पहिरोले घर बगाउँछ र ज्यान जान्छ भन्ने त्रासमा बस्दै आएको २३ बर्ष बितिसकेको बताउन्छन् ।
स्थानियहरू लामो समय यता त्रासमा बस्दै आएका छन् । अलि बढी पानी परेको दिनमा त झन त्यहाँका स्थानीय राती निदाउन पाउदैनन् । सो गुईवन गाउँमा २०५६ सालमा मा पहिरो गएको थियो । जुन दिन देखी पहिरो गयो त्यही दिनबाट हाल सम्म हरेक बर्षको बर्षातमा त्रासमा बस्नुपर्ने बाध्यता छ । झण्डै दुई सय परिवार बस्दै आएको उक्त बस्ती पहिरोको उच्च जोखिममा रहेको २३ बर्ष बितिसकेको छ । पहिलो बग्न सुरु भएपछि कतिपय स्थानीयको घर त कतिपय जग्गा जमिन बगायो ।पहिरोले कसैको बस्ने घर त कसैको खाने आहारा नै खोसिएपछी बिस्तारै त्यहाँ कयौं घर परिवारहरु बिस्तापित हुँदै गए । गाउँका हुने खानेहरुले अन्यत्र बस्ती सारेर गए । तर जुन परिवार आर्थिक अवस्था कम्जोर भएका अझै करिव एक सय परिवार सोही ठाउँमा लामो समय देखि जोखिम मोलेर त्रासमा बस्न बाध्य छन् । जसमध्येको ५० घरदुरी उच्च जोखिममा छन् । लामो समय देखि स्थानीय त्रासमा बस्दै आएको भएतापनी सम्बन्धित सरोकारवाला निकाय भने मौन रहेको छ ।
बस्ती स्थानान्तरण गर्नुपर्ने माग त्यहाँका स्थानीयको छ । त्यहाँका स्थानीयका अनुसार धेरै पटक स्थानीयले बस्ती स्थानान्तरण गरिदिन तीन वटै तहका सरकार स्थानीय प्रदेश र संघ संग सुरक्षीत ठाउँमा बस्ती सार्न माग गरे । तर कसैले यो बिषयमा चाँसो देखाएनन्र। घरघरमा सिंहदरवार नामको स्थानीय सरकारको पाँच वर्षको कार्यकाल बितिसक्दा पनि गुईवन वासिको समस्या समाधान हुन सकेन ।नत स्थानीय सरकार न त प्रदेश न त संघ तीन वटै तहका सरकार मौन बसेको स्थानीयको गुनासो छ ।
पटकपटक बस्ती स्थानान्तरणको माग गरेता पनि तर बस्ती स्थानान्तरणका लागि कुनै पहल हुन नसकेको र बस्ती अन्यत्र सार्ने कुरामा कसैले चाँसो नदेखाएको स्थानीय रुपेश धामीले बताएका छन् । उनका अनुसार करिव दुई वर्ष अगाडी गरिएको एक अध्ययन् टोलिले बस्ति जोखिममा रहेका हुदा बस्ति स्थानतात्तरण गर्नुपर्ने बताइसकेको छ । उनले भने हामील धेरै पटक यहाँको स्थानिय तहलाई पनि आग्रह गर्यौ । प्रदेश र संघ सरकार सम्म पनि हामि बस्ति स्थानान्तरणको माग लिएर गएका छौँ । तर हाल सम्म कतै बाट कुनै पनि पहल हुन सकेको छैन ।
हरेक बर्ष त्रासमै बस्नुपर्ने बाध्यता छ ।लामो समय देखि हामी बाढि पहिरोको जोखिममा छौँ । तर हाम्रो गुनासोलाई कसैले सनुवाई गरेको छैन । बर्षातको वेला सुरु भएपछि हरेक बर्ष त्रासमै बस्दै आएको र अब त्रासमै दिन रात बिताउनु पर्ने दिन आउन धेरै दिन बाकी नरहेको त्यहाँका स्थानीयहरु बताउन्छ्न । स्थानिय महिला मतु धामि भन्छिन् घरमा कोही मान्छे छैनन् । छोराहरु सवै प्रदेश छन् असाद सुरुभयो की चिन्ता लाग्न थालिहाल्छ । पहिरोले पसलै बगायो । छानै बगायो भाको जग्गा जमिन सवै बगायो । अहिले किनेर खानुपर्ने बाध्यता छ । राति अलि ठुलो पानि परेपछी घर छोडेर खरकहरुमा गएर हामी बस्छौंँ। जति राति भएपनि छोराछोरी काखमा च्यापेर हिड्नुपर्ने हुन्छ । बस्ति अन्यत्र आफै सारौ भनेपनि सुरक्षित ठाँउ छैन। बाहिर जानलाई सवैको आर्थिक अवस्थाले धान्दैन । स्थानिय महिला अगुवा पार्वती खत्री धामीले बताइन् ।
जग्गा बगायो खानेपानी सवै बगायो अव बाँकी घरमात्र छन् । बस्ने घरमात्र भएर के गर्नु खाने अाहारा पुग्दैनै । त्या पनि नामको मात्र त्या पनि ठुलो पानि पर्दा घरमा बस्दैनौँ अर्की स्थानिय महिला सुना धामीले भनिन् । न त हाम्रो कुनै व्यापार व्यावसाय नै छ । कमई खाने जग्गा जमिन नै पहिरोले लगेपछी आहारा पनि खोसियो । हुने खानेहरु त कोही तराई गए । कोही अन्य सुरक्षित ठाँउमा गएर बसे तर हामीभने यहिँ त्रासमा बस्न बाध्य छौँ । ठुलो पानि आएको दिन घर्हरु पुरै भुइचालो आयो भने जसरी हल्लिन्छ त्यसरी नै हल्लिन्छन् । खै कतिवेला बगाउन्छ भन्ने त्रासले रातभर हामी निदाउदैनौँ । कयौँ रातहरु ननिदाएरै बित्छन् अकी बर्षिय बृद्ध रिठु धामीले दुखेसाे पाे
ख्दै भनिन्।
धेरै पटक पहिरो हेर्न मान्छेहरु आउन्छन् तर फोटा खिचेर जान्छन् हामी तपाईहरुको समस्या समाधान गछौँ भन्छन् तर अहिले सम्म कसैले केही गर्न सकेका छैनन् । हाम्रो पिडा र गुनासालाई कसैले बुझिदिएको छैन । हाम्रा लागि त सरकार पनि छैन रहेछ । यदि सरकारले हाम्रो गुनासो सिनिदिएको भए हरेक बर्ष त्रासमा बस्न पर्दैन थियो होला यो पहिरो हेर्न धेरै आए फोटा र भिडियो लिएर जान्छन् तर हाम्रो समस्या भने अझै उस्तै छ भन्दै त्यहाँका स्थानीय दुखेसो पोख्छन् ।
२०५६साल यता बस्ती जोखिममा छ स्थानीयहरु पहिरोको उच्च जोखिममा छन् । बस्ती स्थानान्तरण गर्नुपर्ने माग गर्दा कसले आफुहरुको गुनासोलाई सुनिनदिएको दुखेसो स्थानीयको छ । तपाईंको तर्फबाट बाट सो बस्तीका बाडिपिडितको समस्या समाधानका लागि के कस्तो पहल भयो किन स्थानीयको गुनासोलाई सम्बन्धित निकाय सम्म पुर्याएर समस्या समाधान गर्न किन सक्नुभएन भनेर निवर्तमान वडा अध्यक्षलाई सोध्दा आफुले बस्तिथ स्थानान्तरण गर्नका लागि बिभिन्न निकायहरुमा पहल गरेको बताए । पुन पनि आफ्नो तर्फबाट त्यँहाका स्थानिय बाढी पिडितहरुलाई जानेखिमबाट बचाउनका लागि पहल गर्ने साथै निवर्तमान वडा अध्यक्ष रावतको भनाई छ । यो बिषयमा गाँउपालिकाका अध्यक्ष दिल बहादुर रावतलाई सोध्दा अव बस्ति स्थानान्तरण गर्नका लागि पालिकाको तर्फबाट पनि सहयोग गर्ने र प्रदेश र संघमा पनि आवश्यक पहल गर्ने र छिटोभन्दा छिटो बस्ति स्थानान्तरण गराउने कुरामा गाँउपालिका अध्यक्षको हैसियतले लागिपर्ने बताउनुभयो ।
यस्तै सोही गाउँपालिकाको वडा न . ३ को धनाल्त बस्ती पनि बिगत बर्ष देखि जोखिममा रहेको छ । करिव ६०बर्ष देखि बग्न सुरु भएको सो ठाउँको पहिरो हरेक बर्षको बर्षातमा बग्दै आएको थियो । सो पहिरोले २०६३ मा सो ठाँउका स्थानीयको जग्गा जमिन समेत बगाएको थियो । समय समयमा त्यहाँका स्थानीयले भौतिक क्षती व्यहोर्दै आइरहेको छन्र । त्यस्तै गत बर्ष पनि सो पहिरो बग्दा त्यहाँका ८ जना स्थानीयको जगा पहिरोले कटान गरेको र खानेपानीको पाइपलाइनहरु समेत बगाएको स्थानीय मान बहादुर रावतले बताएका छन।
उहाँका अनुसार पटकपटक पहिरोले जमिन कटान गर्दै जादा पहिरो गाउँसम्मै पुग्न थालेको छ । पहिरो गाउँ सम्मै पुग्न थालेपछि सो गाउँका ७० घरदुरी पहिरोको उच्च जोखिममा छन् । लामो समय देखि पहिरोले क्षती पुर्याउदा स्थानीयले क्षती बेहोर्दै आएका छन् । तर राज्यबाट क्षती पुर्ती भने पाउन सकेका छैनन् । पहिरो गाउँ सम्मै पुग्न थालेपछि गाउँनै बगाउँन सक्ने सम्भावना रहेको हुँदा बस्ती स्थानान्तरणको आसम त्यहाँका स्थानीय रहेका छन् ।
बाढी पहिराेकाे उच्च जाेखिममा जिल्लाकाे खप्तड छेडेदह मात्र छैन । जिल्लाका अन्य थुप्रै बस्तीहरु पहिरोको उच्च जोखिममा छन् सुदुरका ९ वटा जिल्ला मध्यको पहाडी जिल्ला हो बाजुरा जुन भौगोलिक दृस्ठिकोणले बिकत अनि दुर्गम मानिन्छ । जहाँका अधिकांस बासिन्दाहरु भिरालो बस्तिहरुमा बसोवास गर्दै आइरहेका छन् । बर्षातमा उच्च बहावमा बहने ठुला नदि तथा खोला नालाहरु अत्याधिक छन् । बर्षातको समय सुरु भएपछि भिरालो बस्तीमा बसोवास बस्ने बाजुराका स्थानीय कसरी ज्यान जोगाउने भन्ने चिन्ता बढ्ने थाल्छ ।
हरेक बर्षको बर्षातमा बाजुराका प्रत्येक स्थानीय तहमा बाडी पहिरोले भौतिक तथा मानवीय क्षती पुर्याउदै आइरहेको छ । कतिपय बस्तीहरु भने पहिरोको उच्च जोखिममा छन् । बस्ती स्थानान्तरण गरेर अन्यत्र बसाई सार्नुपर्ने देखिन्छ । बस्ती जोखिममा रहेका बर्षौ देखि बस्ती स्थानान्तरणको माग गर्दै आइरहेको भएतापनि हाल सम्म सम्बन्धि सरोकारवाला निकायले भने चासो देखाएका छैनन् । त्रासमा हरेक बर्षको बर्षातको ४ महिना कटाउन बाजुराका अधिकास ठाउँका स्थानीय बाध्य छन् ।
जिल्लाका अधिकांस बस्तिहरु पहिरोको उच्च जोखिममा छन् । तर सम्बिन्धित सरोृकार्वाला निकायहरुको भन हालसम्मे ति बस्तिहरु स्थानान्तरण लागि कुनै पनि चासो नदेखाएको पाइएको छ । जनताको जनजिविकाको सवाल खोसिएर जनताले बाढी पहिरोकै कारण हरेक बर्ष भौतिक एवम् मानविय क्षती बेर्होदै आइरहनु परेको भएतापनि हाल सम्म सरोकारवाला निकायहरु मौन छन् । बाढी प्रभावित परिवारका दु्खेका द्दाँउहरुमा मलम पट्टि लगाउने नत स्थानिय सरकार छ नत प्रदेश न त संघ नै । तिन वटै तहका सरकार स्थानिय बाढी प्रभावितको समस्या समाधान गर्ने कुरामा ध्यान गएको देखिन्न । स्थानिय तह प्रदेश हुदैँ केन्दिय तहकाे नेतृत्व गर्ने नेताहरूकाे अभाव भने बाजुरालाई छैन । तर बाजुरेली वासिकाे वास्तविक दुखः पिडाहरूमा मलम लगाउन सक्ने बाजुराकाे बिकास र बाजुरेली जनतालाई निकास दिन सक्ने नतृत्वकाे अभाव बाजुरा बासीलाई छ ।