
बाजुरा- बुढीनन्दा नगरपालिकालाई साक्षर नगरपालिका घोषण गरिएको छ । असार २३ गते बसेको नगर कार्यपालिकाको बैठकले साक्षर नगरपालिका घोषणा गर्नेनिर्णय गरेसँगै आज एक कार्यक्रमका विच नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । बुढीनन्दा नगरपालिकामा १५ वर्ष देखि ६० वर्ष उमेर समुहका नागरिकहरूको साक्षरता अवस्था पहिचान गरि नेपाल सरकारले निर्धारण गरेका १२ वटा सुचकको आधारमा ९८ प्रतिशत नागरिक साक्षर रहेको सर्वेक्षण अनुसार नगरपालिकालाई साक्षर घोषणा गरिएको शिक्षा अधिकृत दयाराम जोशिले बताए ।
उनका अनुसार नगरपालिकाका ३ हजार ९ सय ३७ घरधुरीमा १३ हजार १ सय ५६ जनसङ्ख्या रहेको छ । जसमा ६ वटा सुचक भन्दा बढि जान्नेको संख्या १३ हजार १ सय ५६ अर्थात ९८ प्रतिशत साक्षर रहेको बताइएकाे छ । जसमा २ सय ६६ जना अर्थात २ प्रतिशत निरक्षर वा ६ वटा सुचक भन्दा कम जान्नेको संख्या रहेको जोशिको भनाई छ । नगरपालिकाका १० वटा वडा मध्य सबै भन्दा बढि साक्षर वडा नम्बर २ र ७ मा सय प्रतिशत नै रहेको छ भने सबै भन्दा कम वडा नम्बर ९ मा ९६ प्रतिशत साक्षर रहेका छन् ।
यस्तै वडा नम्बर १ मा ९७ प्रतिशत, ३ मा ९८ प्रतिशत, ४ मा ९९ प्रतिशत, ५ मा ९९ प्रतिशत, ६ मा ९७ प्रतिशत, ८ मा ९७प्रतिशत र १० मा पनि ९७ प्रतिशत साक्षर रहेको शिक्षा यूवा तथा खेलकुद शाखाले निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ । नगरपालिकाको तथ्यांकअनुसार १ सय ८१ जना महिला निरक्षर रहेका छन भने ८८ जना पुरुष निरक्षर रहेका छन् ।











