धनगढीः कैलाली बहुमुखी क्याम्पसका युबाहरुले धनगढीमा सरसफाइ गरेका छन् धनगढीको कैलाली बहुमुखी क्याम्पसदेखि जाखोर ताल जाने सडक क्षेत्र र नाली सरसफाइ गरिएको हो । जागौँ युवा संस्थाका युवाहरुले सरसफाइ कार्यक्रम आयोजना गरेका थिए । जेम्स स्कुलका विद्यार्थीहरु पनि सरसफाइ कार्यक्रममा सहभागि थिए ।

क्याम्पस गेटदेखि जाखोर ताल जाने सडकमा वडा नम्बर ७ र ८ का स्थानीयले कैलाली बहुमुखी क्याम्पसलाई नै दुर्गन्धित बनाउने गरि फोहर फाल्ने गरेकोले जथाभावी फोहर फाल्न नदिन उपमहानगरपालिकाले आवश्यक कदम चाल्नुपर्ने क्याम्पस प्रमुख डा धर्मराज उपाध्यायले बताए ।
धनगढीमा युवा समूहहरुले विभिन्न ठाउँमा दैनिक सरसफाइ कार्यक्रम चलाइरहेका छन् ।











