धनगढीः पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ । गएराति अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा अमरकी ४५ वर्षीया भाउजू हरिकला, अन्दाजी २५ वर्षीय भाइ वीरेन्द्र र १५ वर्षीय भतिज संविधान विष्ट रहेका जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ । पहिरोमा परी अमरकी ६५ वर्षीया आमा नैना विष्ट पनि घाइते भएकी र उनको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।











