बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका वडा न.५ छातोकोट गोरागाउ जाने सडक पहिरो भत्किएको हुँदा स्थानीय युवा सडक निर्माण गर्दै।
दुई साता अगाडी आएको अबिर वर्षादको कारणले छातिकोट गोरागाउ जाने सडक अबरुद्ध भएको छ। स्थानय बासिन्दालाई आवातजावत गर्ने समस्या भएको छ। बजार बाट नुन तथा खाद्यान्न चामल ढुवानी गर्ने निकै गारो भएको थियो। गाउँमा रहेका युवा हरु स्थलगत रूपमा अनुगमन गर्दै सडक मा पहिरोले गर्दा समस्यामा हुँदा सबै युवा सडक निर्माण गर्ने गएको हो। सडक बनाउदा स्थानीय लाई आजभोलि सहजै तरिकाबाट समान ओसारपसार भैरहेको स्थानीय युवा सुरेश मल्लले बताउनु भएको छ।
दुई साता हुँदा पनि बुढिनन्दा नगरपालिकाले ध्यानाकर्षण नगएको हुँदा स्थानीय युवा हुदा सुरेश मल्ल, तेजु मल्ल, गगन मल्ल, बबि मल्ल, पर्काश मल्ल, विर बहादुर सिंह सहित टिम द्रारा ३ दिन लगातार काम गर्दा सडक अहिले सुचारु हुँदा अहिले सजिलो भएको छ। पटकपटक नगरपालिका सङ कुरा राख्दा नगरपालिकाले वास्ता नगर्दा स्थानीय युवा मिलेर सडक सन्चालनको लागि खटिएको हौ।
सडक सन्चालन पछि हामीले बजार बाट नुन, तेल, चामल देखि सबै समान ल्याउन सजिलो भएको छ। गाउँमा रहेका मान्छेलाई कोल्टी बजारमा आवातजावत गर्नेको लागि पनि
सरल भएको स्थानीय तेजु मल्लले बताउनु भएको छ।
छातोकोट गोरागाउ जाने सडक पहिरो भत्किएको हुँदा स्थानीय युवा सडक निर्माण कार्य खटिएका छ्न। सडक कार्य बनाउन पूरा भएपछी आजभोलि निकै संतोषजनक भएको स्थानीयले विर बहादुर सिंह बताएका छन।