
बाजुरा– श्रावण सुक्लपक्ष चतुर्दशीका दिन लाग्ने बडीमालिका मेलाको दर्शनका लागि जिल्ला प्रसाशन कार्यालय र बडीमलिका नगरपालिकाको टोली त्यस तर्फ गएको छ । श्रावण २५ गते शुक्ल पक्षका दिन बडीमलिका माताको पुजा हुने गर्दछ । राष्ट्रिय सम्पदाको १० औं सूचि मध्ये द्धौथो सूचिमा पर्ने बडीमालिका मन्दिरमा दर्शालु भक्तजनहरुको भिड लाग्ने गर्दछ ।जिल्ला प्रशासन कार्यालय बाजुराका कर्मचारी, सूरक्षाकर्मी, बडीमालिका नगरपालिकाका कर्मचारीहरु लगाएतको टोली आइतबार त्यस तर्फ लागेको हो । जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुको टोलीले बडीमालिका माताको मुर्तिलाई डोली चढाएर यात्र सूरु गरेका हुन । सदरमुकाम मार्तडीको खुल्ला मञ्चमा बनाईएको स्वागत गेट हुदै वाजा गाजा सहित प्रहरीको सलामीका साथ दर्शन यात्रा सूरु भएको हो ।
बडीमालिका दर्शनका लागि, डोटी, अछाम, दार्चुल्ला, डढेल्धुरा, बैतडी, कैलाली लगायतका जिल्ला हरुबाट दर्शनार्थीहरु आउने गर्दछन । बडीमालिका मन्दिर सामुद्री सतहबाट चार हजार दुई सय सय फिट उचाइमा रहेको छ । यस क्षेत्रमा विभिन्न प्रजातिका फूलका साथै सयौँ प्रजातिका जीवजन्तु र चराचुरुंगी पाइने गर्दछन । जिल्ला सदरमुकामबाट करिब पाँच दिनको पैदल यात्रापछि बडिमालिका मन्दिर पुग्ने गरिन्छ ।
सदरमुकाम मार्तडीको बाटो भएर तिर्थालु दर्शनार्थीहरु जाने गर्दछन । भने त्रल्लो क्षेत्रबाट मौरे प्रवेशद्वार भएर छतारा पञ्चापरी त्रिवेणी खेती हुँदै बडीमालिका माताको दर्शन गर्न जाने गरिन्छ । धर्मग्रन्थ अनुसार बडिमालिका मन्दिरको दर्शन तथा पुजा आजा गरि सके पछि साउन शुक्ल पूर्णमाको दिन नाटेश्वरी मन्दिरमा मेला लाग्ने गर्दछ । यसरी दर्शन गर्न आउने शर्दालु भक्ताजनहरुले श्रावण सुक्लपक्ष चतुर्दशीका दिन पूजा आजा गरेर फर्कने चलन रहेको बडिमालिका मन्दिरका पुजारी नेत्रराज उपाध्यायले बताउनु भएको छ ।

बडीमालिका यात्राका लागि टुङ्ग्री, सिंगारु धरमशाला, चिर्ना, दौडाई लाग्ने, पादेको वाटो, ओडार, चल्लेसैन धरमसालो, फुल चढाउना, लादे पाटन, वारी पाटन, घोडा पाटन, सोता पाटन, दोगाडे काठे पुल, दोगाडे पुल, भितिफेरी, बढीमाइको थान, त्रिवेणी पाटन, लौरी विनायक, बर माग्ने, भर्की पार्ने, बासूधारा हुदै मालिका मन्दिरमा पुग्न सकिन्छ ।
यदि श्रावण शुक्लपक्षका दिन पुजा आराधना गरेर सोही दिन नफर्केमा केही घटना हुन सक्ने धर्मग्रन्थ रहेको छ । पुजा आजा गरि सके पछि दर्शालु धर्मावलम्बीहरु ओरालो लाग्ने गर्दछन । बडीमालिकाको दर्शन गर्न जाँदा बिभिन्न मनोरम प्राकृतिक सौन्दर्यताहरुको अवलोकन गर्न सकिन्छ । त्यस्तै बिभिन्न चराचुरुगीं को आवाजका साथै बिभिन्न फुलहरुको सुगन्धको बेग्दै आनन्द लिन मिल्छ । बडीमलिका मन्दि जाँदा गोठालाहरुका खर्कहरु देखिने गर्दछन भने मालिका पाटनमा भेडा, घोडाहरु चरिचरनका लागि छाडिएका हुँन्छन ।

श्रावण शुक्ल चतुदर्थीका दिन पुजा आजा गरेर फर्के पछि चैत्र महिनामा चरिचरनका लागी पठाएका आ–आफ्ना भेडा र घोडाहरु समातेर ल्याउने गरिन्छ ।











