बाजुरा- बुढिनन्दा नगरपालिका कोल्टीको प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गर्ने डाक्टर नहुदा शव पोष्टमार्टम हुन सकेन ।
हुम्लाको ताँजाकोट गाउँपालिका वडा न ४ का स्थानिय जीवन बहादुर बोगटी झुण्डिएको अबस्थामा फेला पर्नुभएको छ । फेज नेपालमा कार्यरत बोगट्टी गत शुक्रवार फिल्ड जान्छु भनेर घरबाट निस्किनुभएको थियो ।
लामो समय सम्म घर फर्किएपछि स्थानियले खोजतलास गर्ने क्रममा हिजो वडान ३ को रानी बनको जंगलमा झुण्डिएको अबस्थामा फेला पर्नुभएको आफन्त महेश बोगट्टीले जानकारी दिनुभयो । मृर्तक वोगट्टीको शव झुण्डीएको अवस्थामा चार दिन पछि फेला परेको अफन्त वोगट्टीले बताउनुभयो । शव पोष्टमार्टमका लागि आफन्तले ताजाँकोट गाउँपालिकामा पुर्याए पनि पोष्र्टमार्टम नहुदा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुर्र्याका थिए ।
करीव ६ घण्टाको यात्रा पछि मृर्तक वोगट्टीको शव पोष्टमार्टमका लागि आफन्तले कोल्टी पुर्याए पनि डाक्टर नहुदा पोष्टमार्टम हुन सकिरहेको छैन । कोल्टीमा भएका डाक्टरहरू हिजो देखि सुरु भएको बुढीनन्दा माईको दर्शनमा वुढीनन्दा गएका र स्वास्थ्य केन्द्रमा पोष्टमार्ट गर्ने डाक्टर नहुदा शव पोष्टमार्टम हुन नसकेको जनाईएको छ । कोल्टीमा कार्यरत चारतिन जना डाक्टर सवै एकै पटक दर्शनका लागि वुढीनन्दा गएका र अन्य पोष्टमार्टम गर्ने डाक्टर नहुदा मृर्तक वोग्ट्टीको शव पोष्र्टमार्टमा ढिलाई भएको हो ।
हिजो साझँ सात वजे कोल्टी पुगेको मृर्तक वोगट्टीको शव १४ घण्टा सम्म पनि पोष्टमार्टन नहुदा गन्हाउने अवस्थामा पुगेको आफन्तले बताएका छन । हुम्ला, मुगु र बाजुरा जिल्लाका स्थानियलाई सेवा दिदै आईरहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर अभावका कारण नागरीकले सेवा नपाउनु दुखद भएको महेश वोगट्टीले बताउनुभयो ।
ताजाँकोट गाउँपालिकामा पोष्ममार्टम गर्ने डाक्टर नहुदा कोल्टी पुर्याउदा पनि सेवा पाउन नसकेको प्रति उहाँले दुखेसो गर्नुभयो । विगतका दिनहरुमा पोष्र्टमार्टमका केशहरु कोल्टी बाटै हुने हुदा यति वेला पनि पोष्र्टमार्ट हुन्छ भन्ने आसले कोल्टी पुर्याय पनि डाक्टर अभावले पोष्र्टमार्टम नभएको उहाँले बताउनुभयो । समयमा पोष्टमार्टम हुन नसक्दा लास सडेर गन्हाउने अबस्थामा पुगेको स्थानियले बताएका छन ।