दुध पिएर चाहिन्छ गाई, भैंशी पाल्दैनन् कसैले ।
शुन्दर सफा घर चाह्यो फोहोर फाल्दैनन् कसैले ।।
भन्छन सबैले महंगी र भ्रष्टचार बढ्यो देश भित्र ।
तर देशमा सुब्यबस्थाकै कदम चाल्दैनन् कसैले ।।
कस्ता दिन आए र सोंच पलायो मानिसहरू को ।
अंध्यारो छ भन्छन एउटा दियो बाल्दैनन् कसैले ।।
घर घरमै छन पार्टी बनेकाछन् नेता आ–आफैमा ।
सबै सुखभोगी दुःखको बाटो अगाल्दैनन् कसैले ।।
गरिबको राज आएन भनी फुटेका छन आपसमा ।
तर पनि सच्चा बर्गशंघर्ष कत्ती थाल्दैनन् कसैले ।।
धेरै जसो बिकाउ भए पेसाको लागी बने पेसेबर ।
ईमान्दार हराउँदै गए नेतृत्व नै समाल्दैनन् कसैले ।।