बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका वडा न. ३ सिराडी र ४ कुरु गाउँमा घरदैलो अभियान कार्यक्रम सम्पन्न गरिएको छ।
आसन्न मङ्सिर ४ गतेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनाव लाई लक्ष्यित गर्दै नेपाली काङ्ग्रेस घरदैलो अभियान कार्यक्रम गरिएको छ। चुनावी प्रचारप्रसार वडा बस्तीका मतदाता संग घरदैलोमा भेटघाट ब्यस्त रहेकोे देखिन्छ। अब हुने निर्वाचनमा उम्मेद्बारी बीच कडा प्रतिस्पर्धा भएको हुँदा उम्मेद्बारी चुनावी मैदानमा रहेकोे छन।
घरदैलो अभियान कार्यक्रममा नेपाली काङ्ग्रेस सह महामन्त्री तथा प्रतिनिधि सभा सदस्य प्रत्यक्ष उम्मेद्बारी बर्दी पाण्डे, पुर्व भुमि सुधार सहायक मन्त्री तथा नेपाली काङ्ग्रेस पमहासमिति सदस्य जनक राज गिरी, नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेद्बारी महा नेपाली, निर्वाचन क्षेत्र न ख प्रदेश प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेद्बारी जुना दानी, नेपाली काङ्ग्रेस बाजुरा पाटी सभापति रामसिङ रावल रहनु भएको छ।
भन्ने उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस पुर्व पाटी सभापति कबिराज पण्डित, नेपाली काङ्ग्रेस बाजुरा पाटी सह सचिव कृष्णराज पाध्याय लगायत नेताकार्यकर्ता र स्थानीय बाक्लो सहभागितामा घरदैलो अभियान कार्यक्रम सम्पन्न गरिएको नेपाली काङ्ग्रेस प्रदेश क क्षेत्रीय पाटी सचिव रवीन्द्र रोकायाले बताउनु भएको छ।
संघीयता लागु संगै द्रोसो चरण चुनावी अवस्था उम्मेद्बारी नेताकार्यकर्ता घरदैलो अभियान कार्यक्रम अति ब्यस्त अबस्थामा रहेकोे छ। चुनावको अब बाकी आठ दिन मात्र कम भएको हुँदा सबै नेताहरू गाउँ बस्तीमा भोट माग्ने तर्फबाट लागेको देखिन्छ। प्रतिनिधि सभा सदस्य प्रत्यक्ष बाट बर्दी पाण्डे जनताको घर आगनमा गएर दुख सुख कुरा साटासाट गर्नु साथै भोट माग्दै जनता माझ पुगेको छन।भने आफ्नो एक पटक मौका बाजुरा जनताको समस्या हटाउन पद जिम्मेवारी दिन सबै जनता ठुली हात रहेकोे नेपाली काङ्ग्रेस प्रदेश क क्षेत्रीय पाटी सचिव रवीन्द्र रोकायाले बताउनु भएको छ।











