✍विचारः प्रेम बि.क.
जात व्यवस्था उन्मुलन मोर्चा– नेपालका केन्द्रीय सदस्य हुन ।
लेखकका सुरुवाति शब्दहरु यसरी शुरु हुँन्छन
बाजुरा जिल्लाका उत्पीडित दलित समुदायका मान्छेलाई निच हेयभाव प्रकट हुने गरी बाजुरा जिल्ला अदालतमा वकालत गर्नेहरू आजभोलि चुनाव आयो भन्दै खुलेआम उत्पीडित दलित समुदायका टोल बस्तीमा गएर हाम्रो पार्टी सदैव तिमीहरूको साथमा छ भनी भोट मागेका, निहुरी ढोगभेट गरेका फोटाहरू भिडियो सामाजिक सञ्जालमा देख्दा मलाई बहुत हाँसो लागेर आउँछ । निकै चिन्ता पनि लागेर आउँछ ।
विचरा; उत्पीडितहरू समक्ष जिल्लामा भएको सही खबर पुग्दै पुग्दैन रैछ कि क्या हो ! ? यो जिज्ञासासहितको चिन्तागत मेरो प्रश्न छ । साँच्चै, यदि सही खबर पुग्दो हो त अनि चुनावमा झुट बोल्नेहरूलाई सही मान्दै उनीहरूकै पार्टीमा चुपचापले भोट हाल्न किन तयार हुँदा हुँन ? कुरा निकै सोचनीय छ, हो ।
म आग्रह गर्दछु कि उत्पीडित समक्ष ! अब आँखा खोलेर हेरिदिनुस्, कान खोलेर सुनिदिनुस् एकपटक – उत्पीडित दलित समुदायका मान्छेहरू हो– यो जेनुन कुरा छ । यहाँनेर सानो विगतको एक घटना तपाईंहरूलाई स्मरण गराउँदै प्रशंगको सुरूवाद गर्छु ।
दुईवर्ष अघिल्तिर अन्तरजातीय विवाह सम्बन्धि रूकुम घटनामा बीभत्स हत्या भएको नवराज विकलागाए ६ जनाको टोलीलाई न्याय होस भनी हामी बाजुरामा आन्दोलित थियौँ । सोही विषयको वर्खिलापमा एक दशकबढी समय व्यतीत गरेर दलित समुदायबाट विवेकपूर्ण तवरबाट हुर्केका पत्रकार (कलमजीवी) हरूलाई आत्मसम्मानमा निकै चोट पुग्नेगरी यही सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका कारण बुढीगंगा नगरपालिका वडा नं. १० बाह्रवीसका सत्यराज जोशी विरूद्व बाजुरा जिल्ला प्रहरी कार्यालय,बाजुरामा मुद्दा पर्याे । पछि बाजुरा जिल्ला अदालतले विपक्षी सत्यराज जोशीलाई प्रचलित कानुन विपरीतको कार्य गरेको ठहर्दै ५ हजार जरिवाना तोक्यो । पीडित दलित समुदायका पत्रकारहरूका पक्षमा न्याय हुनेगरी जितको फैसला भएको जानकारी पत्र हाम्रो हातमा थमायो, न्यायलयले । यो त थियो अघिल्लो वर्षतिर भएको जातीय छुवाछूत तथा भेदभावको घटना । यसमा प्रतिपक्षको तर्फबाट वकालतनामा हाल्नु भएन कसै विद्वानमित्रहरूले । साहेद ! फरार अभियुक्त आफ्ना विरूद्वको मुद्दा फेस गर्न आएभने जिल्लाका उपल्लो वर्गीय विद्वानहरू तयार हुन्थे होलान् । तर, त्यसो भएन । जातीय भेदभाव तथा छुवाछूतको मुद्दा एक लौटी भयो, न्याय पाईयो खुशी लाग्यो पीडित पत्रकारहरूले भने !
यसपटक फेरि बाजुरा जिल्लामा थप दुई वटा जातीय छुवाछुतका घटना भए । यस सम्बन्धमा केही कुरा राखौँ यहाँनेर !
हेर्नुस् – यस्तो छ बाँकी लेख ।।
घटना नं. १, बडीमालिका नगरपालिका वडा नं.५ मनाका स्थानीय रमेश वि.कमाथि त्यहीँका स्थानीय तथा अखिल क्रान्तिकारी बाजुराका जिल्ला अध्यक्ष समेत रहेका खेम साउँदले जातीय छुवाछूत तथा भेदभाव हुने गरी घटाएको घटना निकै जोडबलका बाबजुद बाजुरा जिल्ला अदालत पुग्यो । तर, विपक्षी खेम साउँदलाई २५ दिन प्रहरी हिरासतमा राखी पछि ५० हजार जरिवाना र तीन महिना कैद हुने गरि सजाय तोकियो न्यायलयबाट । मुद्दा अदालतबाट पीडितको पक्षमा न्याय बोकेर आयो त्यो पनि खुशीको खबर नै हो पीडितले त्यो बेला भने । तर, सोही समयमा पीडितका सामु दुःखको पहाड यति अग्लियो कि पीडकले भनेको अभिव्यक्ति भन्दा यस मुद्दाको विपक्षमा उभिएर एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष नेता एवम् विद्वान अधिवक्ता पुरबहादुर रावतले दलितलाई डु…न भनेर अनि के ठकुरी भन्ने त भनी प्रतिप्रश्न सहित पीडक खेम साउदको पक्षधरतामा वहस पैरवी गरेको कुराले तत्कालीन पीडित दलित समुदायका मान्छेहरूलाई छेदविच्छेद बनायो । उहाँले भने विद्वान अधिवक्ताको व्यवसायिक हिसाबमा उहाँले जातीय भेदभाव तथा छुवाछूतको मुद्दामा विपक्षी साईडबाट पैरवी गर्नै हुँदै हुँदैन भन्न खोजिएको चाहिँ पक्कै होईन्, यो पङ्क्तिकारका सामु उने थपे । यो विषयमा पंङ्त्तिकार पनि त्यसमा सचेत छ । उहाँको पेशाको उच्च कदर गर्छाैं नै गर्छाै । यहाँ फरक कुरा के हो भने नि जब जहाँ दलित समुदायका मान्छे पीडित भई न्यायलयलाई गुहार्न पुग्छन त्यहाँ ठाउँका ठाउँ पीडकले दिएको पीडाभन्दा वैधानिक तवरले झन पिडितको आत्मसम्मानमा निकै ठेस पुग्ने गरी मुद्दाको प्रतिपक्षमा वहस पैरवी गर्दा त्यो कति ठीक वा कति वेठीक गर्नुभो त्यो उहाँको विषय होला ! तर, किनकि उहाँ विद्वान वकिलमात्रै हुन र ? होईन नि । सार्वजनिक रूपमा राजनीतिक गर्ने मान्छे, त्यसैमा पनि कम्युनिस्ट विचारधाराको होनाहार प्रभावशाली व्यक्तित्व भएकाले मचाहीँ उहाँले त्यो बेला दलित समुदायका पीडित विकको विपक्षीमा उभिएर वहस पैरवी गर्नु गलत भयो नै भन्छु । किनकि आज त्यसको आडमा यतिसम्म लेख्ने मौका पङ्क्तिकारलाई दिएको उहाँले नै हो यो । नत्र यतिसम्म लेख्ने कष्ट गर्न पर्ने थिएन । माफ गर्नु होला ! म उहाँप्रति उच्चभावसहित कदर नै गर्छु । उहाँले समाजको भलो हुने तमाम राम्रा काम पनि गर्नु भएको छ । यो नकार्न सकिदै,सकिदैन नि ! तर, यहाँ प्रसँग वर्गीय उत्पीडनको हो । जातीय भेदभाव तथा छुवाछूतको हो । मान्छे मान्छेलाई मान्छे मानीयोस् भन्ने तर्क को हो । त्यसैले साहेद ! मैले कहिकतै भाषण गर्ने मौका नै मिल्यो भने नि यो कुरा त जोडतोडले भन्छु नै भन्छु । सार्वजनिक राजनीतिक दलमा आवद्वमान्छेहरू हामीलाई भित्र एक अनि बाहिर आएर जब यसै यस्तै ढोँगी दलाल स्थानीय तथा संसदीय निर्वाचन आउँदा दलित समुदायका मान्छेका घरघरमा पुग्छन् । हामी तपाईंको हित चाहाने पैरवी गर्ने मान्छे हो । हामीलाई भोट हालेर चुनाव जिताउनुस् भन्दै लम्पसार पर्छन् । हाम्रा भातभान्सामा सहज पहुँच राख्छन । दन्काई दिन्छन । भात रोटी पानी जे पनि चलाउछन् विद्वान नेताहरू यतिखेर ।
उत्पीडित दलित समुदायका मान्छे नै ह्वात्तै भावनामा वहकी हाल्छन् ।
निमुखा छन्, डराई हाल्छन् । थोर बहुत आश्वासनमा लोभि हाल्छन् ।
दलाल संसदवादी पार्टीका उनीहरू दलितलाई ठुलठुला सपना देखाई हाल्छन । यसैमा मख्ख परिहाल्छन, उत्पीडित दलित समुदायका मान्छेहरू ।
कुटाई खाने र पिटपाट गर्ने ठाउँमा खुला साँढझैँ आफैलाई ठान्छन् ती मान्छेहरू ।
कुन बेला बलीका बोका भयौँ, थाहै पाउदैनन् , विचरा दलित !
भुल्छन् , सदियौँदेखिको उत्पीडन ।
यस्तै घटना अर्को पनि छ ।
घटना नं. २, बुढीगंगा नगरपालिका वडा नं. ५ का टेकेन्द्र सुनारलाई पनि यहीँ दशैँताका समयमा नाटेश्वरी मन्दिर परिसरमा अवस्थित धर्मशालामा त्रिवेणी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष जुद्व बहादुर अयडी, पुजारी रंगलाल पाध्याय र स्थानीय युवक विनोद अयडीसमेत तीनै जनाले पीडित सुनारलाई राम धुलाई गरे । तीनीहरूले भने के भने नि तँ डुम यहाँ मन्दिर परिसरमा आएर डुमले पनि पुजा पाठ गर्ने ? नवरात्रीका व्रत राख्ने ? दलित साले डुमले यस्ता चण्डीका पाठ गर्ने ? धैट ! भनेर रगताम्य हुने गरि मारपिट गरी जातकै आधारमा उचनीचमय मनोभाव झल्काउने गरि त्यहाँबाट लखेटे । विचरा ! पीडित सुनारका झोलामा राखिएका ६० हजार नगदसहित लुटी उनलाई जातीय भेदभाव तथा छुवाछूतसहितको व्यवहार गरे । यो मुद्दा राष्ट्रिय स्तरमै एकाएक प्रकाशको गतिमा फैलियो । दलित आयोगसमेतको ध्यानाकर्षण भयो । सर्वपक्षीय चाँसोको विषय बन्यो, त्यो घटना ।
दलित समुदायका पीडित टेकेन्द्र सुनारले लिखित जाहेरी दिएर यो मुद्दा यतिबेला बाजुरा जिल्ला अदालतमा विचाराधीन छ । पीडक तीनै जनालाई नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति एवम् विद्वान अधिवक्ता कविराज पण्डित, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवम् विद्वान अधिवक्ता हर्क खडायत र नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् विद्वान अधिवक्ता तुलाराम जोशीसमेत गरि तीनै जना विद्वानहरूले दलित समुदायका पीडित टेकेन्द्र सुनारको विपक्षमा वहस पैरवी गर्नु भयो । पीडक वडाध्यक्ष जुद्वबहादुर अयडीलगाएत तीनै जनालाई जनही १/१ लाख धरौटीमा छुटाउन सफल पनि भए । सारमा उहाँहरूको वहसपनि अनि दलितलाई डुम भनेर अनि के ठकुरी या क्षेत्री वाहुन भन्ने त मै लगभग वहस भयो । पङ्क्तिकारलाई विश्वस्त श्रोतका अनुसार आएको खबर पनि यहीँ हो । नाटेश्वरी मन्दिर परिसर नजिकैको धर्मशालामा पीडित टेकेन्द्र सुनार कुटीए किन ? कारण के आई लाग्यो त्यस्तो ? जसलाई नकुटी, जसको झोलामा भएको साठीहजार नगद रूपैयाँ नखोसी , त्यहाँबाट घाइते पीडित सुनारलाई न लखेटी सुखै भए न छ ती पीडकहरूलाई ? यसको गहिराइमा त पुग्नै पर्छ । पुग्छ नै न्यायलय त्यसमा । हाम्रो विश्वास पनि छ नै न्यायलयप्रति । यसमा दुरासय राख्नुपर्ने केही छैन ।
तर, कुरा के हो भने नि । फेरि पनि दोहोर्याएरै भन्नुपर्ने भयो । बाजुरा जिल्लाका उपल्लो थरीका उहाँ विद्वान वकिल साहेवहरूको पेशागत धर्ममा कुनै आँच पुर्याउनु, उहाँहरूप्रति हेयभाव राखी कुनै दुराशय पोखेको होइन, छैन् । यसमा विश्वस्त रहनुस् विद्वान वकिल साहेवहरू । मलाई गलत मनसाय बोकी त्यतापट्टी जानू छैन् , कदापि । किनकि ठुला पार्टीको जिम्मेवारी पदपर्तिष्ठामा भए गरेकाहरूले र यतिखेर उहाँहरू दलाल संसदीय निर्वाचनका लागि दलित समुदायका टोल बस्तीमा भोट मागी हिड्छन्, खुले आम ।
त्यहीँ भएर यो बेला उहाँहरूलाई यतिसम्म भनिएन भने सदीयौंदेखि उत्पीडनमा रहेको दलित समुदायका मान्छेहरू पुनः लुटिने खतरा ज्युउँका त्युँ रहन्छ । सचेत नागरिकका हैसियतले मैले भन्नै पर्छ, यति त । अब बन्द गर्नुस् । तपाईंको चुनावी झुटा आश्वासन । वाईयात न झुलाउनुस् सोझासाझा दलित समुदायका मान्छेलाई, जनतालाई । तपाईंहरूको झुटको खेतीपाती अति भयो । त्यही झुटको खलोले वाक्क बनाई सक्यो । संसदीय चुनावी नाटकमञ्चनबाट चुनीयका प्रतिनिधिले यो देशमा लुट मच्चाउने सिवाहेक अरू केही गर्दैन । त्यसैले आजभोलि तपाईंहरूको यो चुनावी नाटकमा गरिएका नाङ्गा हर्कतदेखि किन हो किन हाँसो लागेर आउँछ, मलाई । बरू यो पङ्त्तिकारलाई पागल करार गर्न हदैसम्मको हतकण्ठा अप्नाएपनि सक्नु होला ! अपनाउनुस् ।
म यो विषयमा सचेत छु । तर, उत्पीडित दलित समुदायका मान्छेलाई सकेजति सचेतनाका लागि अभिप्रेरित गरिरहन्छु । विश्वास छ । उत्पीडितहरू कुरा बुझ्नु हुनेछ । र, बुझ्नुपनि पर्छ ।