माघ ३ गते कार्यक्रम भाव लहरका लागी भद्रपुर ३ भिमनगर झापाकी मुक्तक तथा गजल साहित्यकार अरुणा श्रेष्ठ अनुु संगको कराकानी हुदैछ ।
गजल
१ मान्छेको सोचाइ किन संस्कारमै बहन्छ
नहिड्ने बाटोलाई कहाँ जान्छ सोधिरहन्छ
करेन्ट जस्तै हुन्छ कुनैकुनै व्यवहारपनी
छुनेलाई थाहा हुन्छ त्यहाँ कस्तो दहनुछ
तँ मरेकोहोस् भन्छन् थाहा छैन उसलाई
निर्जीवले पनि सबै कुरा मौनतामै कहन्छ
कमजोर हैन ऊ शहनशिल हो सहन्छ जति
खुकुरीको प्रहारको पीडा अचनोले के सहन्छ
म हेर्दैछु एउटा मार्छ अर्को बचाउँछ उसैले
बुझ्न सकिन्न र उसको चरित्र कति गहनुछ
नठान मलाई त्यति कमजोर लाचार पनि
तिम्रो हरेक बातको लात चुपचाप सहन्छ
प्रगतिकै फड्को मारेपनि कहाँ पुग्छर मान्छे
आखिर एकगाँस र बासकै फन्को लगाइरहन्छ
२ ए आँखाहरू आवरणको सिमा नाघेर जाऊ
त्यहाँ मान्छे चिन्ने रंङ्ग छ तिमीपनि हेर जाऊ
कुनैदिन तिमीले मेरै बाटो हिड्न पर्ला प्रीय
कहाँकहाँ पासो विछ्यायौ राम्ररी हेरेर जाऊ
चाहेकै हौ भने त्यो आपत अभावको हल
हवाईजहाज हैन आफैले तुइन चढेर जाऊ
यत्ति मात्रै भन्छु जिम्मेवार मान्छे बन्छौ भने
कसैको गल्तीमा हाँसो हैन पीडा बुझेर जाऊ
तिमी असल ठहर्छौ मैले केही प्राप्त नगरेपनि
जाऊ दुस्खमा एकथोपा आँसु खसालेर जाऊ
मुक्तक
१ निशा चिरेर सुनौलो भविष्यको प्रभात हुने बाटो यही हो
प्रज्ञा संयमता अपनाए खुशीको हात हुने बाटो यही हो
गुरुको दर्शन गुनि मार्ग तयगर्नुपर्छ विद्यार्थी जीवनमै
अन्यथा एक गल्तीले सयौं गल्ती आयात हुने बाटो यही हो
२ संकुचित ठाउँमै आकाश झैँ खुलेर जिएको मान्छे
झर्ने मर्ने विनासंकोच भिरमा फुलेर जिएको मान्छे
मौन हुदैमा ती नजरले घमण्डी कसरी देख्छन् खै
निकृष्ट भिडमा आफैलाई भुलेर जीएको मान्छे
१।
ब्यार्थ छ दृश्यमा अमृत देखाइ आन्तरिक बिख फलेर
स्वयं दिनको घाम हुँ रातको जून नआऊ बत्ती बलेर
ईश्वरिय देनको जगमा स्थापित तनरुपी भवन हो यो
भत्काउन सक्दैनौ संकट आऊ या काल भेष बदलेर
२।
सम्पूर्ण सुन्दरता सकरात्मक विचारको प्रभातमा छ
बिना संघर्ष बिना खोज नसोच्नु खुशी आयातमा छ
ज्ञानको सागरमा डुबेर मोति टिप्ने की जीवन गुमाउने
ज्ञात होस् गतव्य चुन्ने सुअवसर हाम्रो आफ्नै हातमा छ
३।
जहाँ बाँचौं बचाउँ भन्ने दर्बिलो सम्बन्धको प्रस्थान हुन्छ
प्रतिकूल अवस्था बिचपनि साथको आदान प्रदान हुन्छ
प्रेमको अटुट प्रवाहले नै हरेकमा आभास गराउँछ यही
एकअर्काको परिपुरक भए समस्याको समाधान हुन्छ