युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
124 पटक पढिएको

धनगढी–गेटामा निर्माणाधिन मेडिकल कलेजका ५२ मध्ये ३९ संरचना निर्माणको काम यो वर्ष पूरा हुँदै छ। जसमध्ये २९ संरचना निर्माण कम्पनीले मेडिकल पूर्वाधार विकास समितिलाई हस्तान्तरण गरि सकेको छ।
गुरुयोजनाअनुसार बन्नुपर्ने बाँकी १० संरचना २०८० को चैतसम्म सक्ने लक्ष्य मेडिकल पूर्वाधार विकास समितिको छ। अबको एक वर्षभित्र सम्पूर्ण पूर्वाधार विकासको काम सकिने भनिए पनि मेडिकल कलेज सञ्चालन कहिले हुने भन्ने कुरा अझै भविष्यकै गर्भमा छ। गेटामा मेडिकल कलेज स्थापना गर्न तयार भएको गुरुयोजनामा मेडिकल कलेज निर्माणस्थलमा कुल ५२ वटा संरचना निर्माण हुने उल्लेख छ।
गुरुयोजनाअनुसार आर्थिक वर्ष २०८०÷०८१ मा मेडिकल कलेजका सम्पूर्ण पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य छ। आर्थिक वर्ष २०६६÷०६७ मा सरकारले गेटामा मेडिकल कलेज निर्माण गर्ने घोषणा गरेको थियो। घोषणाको ८ वर्षपछि मात्रै २०७४ बैशाखमा आएर मात्रै गेटामा पूर्वाधार विकासको काम थालिएको थियो।
अहिलेसम्म गेटा मेडिकल कलेजका २९ संरचनाको काम सकेर निर्माण कम्पनीहरूले मेडिकल पूर्वाधार विकास समितिलाई हस्तान्तरण गरेका छन्। १० वटा संरचना आगामी असारमा सक्ने लक्ष्य रहेको मेडिकल पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए।
मेडिकल कलेजका लागि आवश्यक पर्ने संरचना तयार भइसकेका छन्। अस्पताल, शैक्षिक र प्रशासनिक भवन निर्माणको काम गत वर्ष नै पूरा भएको छ। आवास र अन्य भवनहरू पनि सम्पन्न हुने चरणमा छन्। विद्युत्, खानेपानी र फोहोरमैला व्यवस्थापनको काम भइरहेको छ।
मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी पुजाराले करिब साढे पाँच अर्ब लागतमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार चालू आर्थिक वर्षभित्र पूर्वाधार निर्माणको काम पूरा हुँदै छ। मेडिकल कलेज चलाउन आफ्नै अस्पताल सञ्चालन भएको हुनुपर्ने व्यवस्था रहेकाले सरकारले अस्पताल सञ्चालनको निर्णय गरेको हो।
निर्माण भएका संरचना जीर्ण बन्न थालेका छन्। तर, सरकारले गेटामा मेडिकल कलेज बनाउने भन्ने निर्णय गरिसकेको छैन। गेटामा मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा
मेडिकल विश्वविद्यालय कुन मोडेलमा सञ्चालन गर्ने भन्ने टुंगो लागेको छैन। मेडिकल कलेजलाई ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान’ बनाउन प्रस्ताव गरिएको छ।
मेडिकल कलेज पूर्वाधार विकास समितिले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान’का लागि कानून निर्माण गर्न र सञ्चालन गर्न प्रस्ताव गरिएको हो। पूर्वाधार विकास समितिका अध्यक्ष एवं धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाललाई ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान’ का लागि कानून निर्माण गर्न र गेटामा प्रतिष्ठान सञ्चालन गर्न प्रस्ताव गरेका छन्।
गत वर्ष अनुगमनमा आएको संसदीय समितिले गेटामा मेडिकल विश्वविद्यालय बनाउन सकिने राय दिएको थियो। गेटामा बनिसकेका संरचना अलपत्र रहँदा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनको गृहजिल्ला डडेल्धुरामा सुदूरपश्चिम विश्वविद्यालयमातहत रहने गरी मेडिकल कलेज स्थापना गर्ने घोषणा बजेट भाषणमार्फत गरेको थियो।
बजेट भाषणमा गेटा मेडिकल कलेजको विषय नसमेटिएपछि धनगढी र अत्तरियामा आन्दोलनसमेत भएको थियो। गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको प्रचारका क्रममा सुदूरपश्चिमका चुनावी सभाहरूमा त्यसवेलाका प्रधानमन्त्री शेरबहादुर देउवालगायत ठूला दलका शीर्ष नेताहरूले मेडिकल कलेज छिट्टै सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए। तर अहिलेसम्म काम भने हुन सकेको छैन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!