बाजुरा – जिल्ला अस्पताल बाजुरामा आएका एमडिजीपी डाक्टर प्रेरित देवकोटाको सरुवा गर्नका लागि चलखेल सुरु भएको छ । तीन वर्षपछि एमडिजीपी पाएको बाजुराले एक महिना नवित्न पाउदै सरुवाको खेल थालिएको छ ।
जिल्लामा आएर विशेषज्ञ सेवा सहितको सेवा दिन आएका डाक्टर देवकोटालाई महिना वित्न नपाउदै जिल्ला अस्पताल व्यवस्थापन समितिका पदाधिकारी र राजनितिक दलका नेता तथा कार्यकर्ता सरुवा गर्न स्वास्थ्य मन्त्रालयमा धाउन थालेको पाइएको छ ।
विगत लामो समयदेखि विशेषज्ञ सहितको डाक्टर जिल्लामा आएको भएपनि राजनितिक पुर्वाग्राही रुपमा डाक्टरको सरुवाका लागि बाजुरा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सहित राजनितिक दलका नेता तथा कार्यकर्ताहरु मन्त्रालयका सचिवसंग सरुवा लागि पुगेको एक स्रोतको दाबी रहेको छ ।
नेपाल पत्रकार महासंघ बाजुराका निवर्तमान अध्यक्ष प्रकाश सिंहले सामाजिक संजालमा जिल्लाका केही नेता र मेडिकल अधिकृत सहित एमडिजिपी डाक्टर सरुवाको खेलमा लागेको लेखेका छन् ।
एमडिजीपी डाक्टर सरुवा गर्नुप¥यो, हामी निजी एमडिजीपी राख्छौं भनेर मन्त्रालयका सचिव का लागि मन्त्रालयका सचिव डाक्टर रोशन पोखरले कहाँ पुगेर हार गुहार गरिरहेको उल्लेख गरेका छन् ।
जिल्लामा समयमै उपचार नपाउदा कयौंको ज्यान गएको छ । स्वास्थ्य जस्तो क्षेत्रमा खेलबाड हुन थालेपछि संघ र प्रदेश सभामा सदस्य र राजनितिक दलले बेवास्ता गर्न नहुने सर्वसाधारणको बुझाइ रहेको छ ।