गोबिन्द्र राज तिमिल्सेना,बाजुरा = खप्तड मालिका युवा संञ्जाल बाजुराको आयोजना र राष्ट्यि लोक तथा दोहोरी गित प्रतिष्ठान बाजुराको सह आयोजनामा संञ्चालन भइरहेको प्रथम खप्तड मालिका उद्योग,कृर्षि,पर्यटन तथा ब्यापार महोत्सवमा भोली चर्चित लोकदोहोरी गायक राम्जी खाँड लगायत अन्य स्थानिय कलाकारहरुका बेजोड प्रस्तुती रहने भएका छन । उद्योग,कृषि,पर्यटन र ब्यापार जडिबुटी,संस्कृति,समृद्ध बाजुराका आधार भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा यहि चैत्र ३ गतेबाट सुदुरपश्चिम प्रदेशका माननिय प्रदेश प्रमुख देवराज जोशीले समृदघाटन गरेको उक्त महोत्सव जिल्लामा संञ्चालन भइरहेको छ ।
उक्त संञ्चालन भइरहेको महोत्सवमा भोली आफ्नो बेजोड प्रस्तुतीका साथ चर्चित लोकदोहोरी गायक तथा नेपालकै ठुलो साङगितिक रियलिटी सो आइ.एमि.मि नेपाल लोक स्टार सिजन १ का जर्ज समेत भइसकेका चर्चित गायक राम्जी खाँडले प्रस्तुती दिनुहुने भएको छ । बाजुरा महोत्सवमा आफ्नो बेजोड प्रस्तुती देखाउनको लागी गायक खाँण बाजुरा प्रस्थान गरीसक्नुभएको छ । भोलीको कार्यक्रममा आफुले बाजुरा बासीहरुलाई भरपुर मनोरञ्जन पनि दिने उहाँले बताउनुभएको छ । बाजुराका कला,संस्कृतिलाई प्राथामिकता दिदै आफुले प्रस्तुती दिने पनि उहाँले बताउनु भएको छ ।
साथै भोलीकै कार्यक्रममा चर्चित देउडा गायक कोकल कण्ठी श्वरका धनी प्रकाश थापाले पनि आफ्नो प्रस्तुती दिदै

यो संगै चर्चित देउडा गायक कोकल कण्ठी श्वरका धनी गायक प्रकाश थापाले पनि आफ्नो बेजोड प्रस्तुती दिनुहुने भएको छ । बाजुराको माटोमा जन्मेर बाजुराका कला,संस्कृतिको निमित्त लागी परेका थापा बिगत लामो समयदेखी गायन क्षेत्रमा आबद्ध रहेका छन । देउडा गितको राजा भनेर चिनिने थापाले पनि भोली बाजुरा महोत्सवमा रमाइलो गर्नुहुने भएको छ । थापाले अहिलेसम्म लगभग एक हजार सम्म गित गाइसक्नुभएको छ । बाजुराको देडा क्षेत्रलाई थप माथि पुर्याउन थापाले अहम भुमिका खेल्नुभएको छ । बाजुरा जस्तो बिकट ठाँउमा जन्मेर देउडा क्षेत्रलाई नमर्ने गरी जोगाएर राख्नुभएको छ । हिजो अस्ति नै उहाँको प्रस्तुती रहेको भए तापनि मौषममा खासै सुधार नआएका कारण उहाँको प्रस्तुती पछाडी सारीएको छ । भोलीको कार्यक्रममा थापाले सबैलाई रुवाउने,नचाउने र मिठा मिठा गित सुनाएर सबैको मनमुटुमा बस्न सफल हुने पनि बिश्वास गरीएको छ ।
साथै भोलीकै कार्यक्रममा चर्चित लोकदोहोरी गायक बाजुराको माटाले जन्माएका गायक डम्बर बिश्वकर्मा,अस्मिता राना,संगिता शाह,सुनिता रावत,रोपनी रोकाया लगाएत अन्य स्थानिय कलाकारहरुका बेजोड प्रस्तुती रहने भएका छन । भने आठ गतेको लागी चर्चित आधुनिक गायिका एलिना चौहान,गायक सन्दिप न्यौपाने,गायक राजेन्द्र बाजुरेली,रमिला नेपाली,देविका बोगटी,देव बोहरा लगायत अन्य स्थानिय कलाकारहरुका प्रस्तुती रहने भएका छन । भने आज चर्चित गायक टंक तिमिल्सेना र नेपालकै ठुलो साङगितिक रियलिटी सो आइ.एमि.नेपाल लोक स्टार टप ५ का बिजेता चर्चित गायक पबिन्द्र सुनारले आफ्ना बेजोड प्रस्तुती दिएका थिए ।
चैत्र ३ गतेबाट संञ्चालन गरीएको उक्त महोत्सव यहि चैत्र १२ गतेसम्म संञ्चालन हुने खप्तड मालिका युवा संञ्जालका अध्यक्ष शुक्रराज बोहराले बताउनुभएको छ ।











